भूमिहीनका समस्या समाधान गर्न मंसिरभित्र सबै जिल्लामा भूमि आयोग गठन गरिने
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १६:३६:१८
९ कात्तिक, काठमाडौं । सरकारले भूमि आयोग गठन गर्ने तयारी गरेको छ । तिहार लगत्तै भूमि आयोग गठन गरी मंसिर भित्र सबै जिल्लामा जिल्ला भूमि आयोग गठन गरी काम अघि बढाउने तयारी सरकारले गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।
जिल्ला मालपोत कार्यालय खाँदबारीको भवन उद्घाटन गर्ने क्रममा मन्त्री अधिकारीले भूमिहीन र सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता सरकारले लिएको बताए । यही महिना भित्रै भूमि आयोग गठन गर्ने उनले जानकारी दिए ।
मंसिर महिना भित्र सबै जिल्लामा भूमि आयोग गठन गरिसक्ने सरकारको तयारी रहेको उनले बताए । प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सबै भूमिहिनलाई जग्गा उपलब्ध गराउने गरी गरिबी निवारणलाई सरकारको उच्च प्राथमिकतामा राखेको मन्त्री अधिकारीको भनाइ थियो ।
लामो समयसम्म जमिन भोग गर्दै आए पनि लालपूर्जाविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको उनले बताए । जिल्ला मालपोत कार्यालयको भवन रु दुई करोड २० लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार