सूर्यदर्शन सहकारीमा लामिछानेसँग जोडिएका गोरखा ग्रुप अफ कम्पनीका सञ्चालक खनाल पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १७:३:१०
९ कात्तिक, काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग जोडिएका नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं शेयरधनी रामबहादुर खनाल पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ३, पानीपोखरीबाट पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको प्रहरीले जनाएको छ ।
ठगी तथा संगठित अपराध कसुर मुद्दामा फरार रहेका उनलाई पक्राउ गरिएको हो । रवि लामिछाने समेत भएको सूर्यदर्शन वचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
‘कृष्ण प्रसाद जैसी समेतको जाहेरी र प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी रवि लामिछाने समेत भएको, सूर्यदर्शन बचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको क्रममा वारदातमा संलग्न’ रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
सहकारीको रकम नेचर हर्ब्समा पनि ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै संस्थाका मुख्य सञ्चालक जीबी राई हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले पूर्वगृहमन्त्री रवि लामिछाने समेत हिरासतमा छन् । ४८ वर्षीय खनाल तनहुँको भानु नगरपालिका–८, बगालेफाँटका स्थायी बासिन्दा हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार