६२ वर्षपछि स्तरोन्नति हुन लागेका बुटवल–गोरुसिंगे सडक विस्तारको गर्न काम सुरु
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १७:३८:१४
चन्द्र खनाल
९ कार्तिक, रुपन्देही । देशकै पुरानो मुख्य महेन्द्र राजमार्ग (पुर्व–पश्चिम) विस्तारका लागी सडक विभागले काम सुरु गरेको छ । गत असारमा बुटवल–गोरुसिंगे सडकलाई ६ लेनमा विस्तार गर्ने गरि ठेक्का लगाई ४ कात्तिक देखि काम सुरु भैईसकेको छ । आयोजनाको पहिलो खण्ड बनाउनका लागी रु.१३ अर्ब ५५ करोड ६५ लाख रुपियाँमा ठेक्का लागेर पहिलो चरणका काम आरम्भ भएको बुटवल गोरुसिंगे सडक आयोजनाका प्रमुख तथा इन्जिनियर कुशलता न्यौपानेले बताए ।
न्यौपानेका अनुसार पहिलो खण्डलाई पनि टुक्राईएको छ । दुई चरणमा २५÷२५ गरि ५० किलोमिटर सडक विस्तार गर्न लागिएको हो ।पहिलो चरणका लागी रु.७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागी रु.५ अर्ब ६६ करोड २२ लाखमा ठेक्का लगाइएको हो । पहिलो खण्डमा सडक विस्तार गर्नुको साथै साना ठुलो ३० वटा पुल निर्माण गरिने छ ।
ठेक्का सम्झौता अनुसार १५५ वटा कल्र्भट तथा ६ वटा अन्टरपास र ओभरपास पनि निर्माण गरिने छ । चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवाले निर्माणका लागी ठेक्का पाएको छ ।
बुटवलदेखि कपिलवस्तुको चन्द्रौटासम्मको ६९ किलोमिटर सडक क्षेत्र छ । सडक बिस्तारमा विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ । स्तरोन्नत हुन लागेको यो सडक भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग अन्र्तगत रहेर काम अघि बढेको हो । ६ लेन भित्र पर्ने संरचना हटाउनका लागी प्रक्रिया अघि बढेको र रुखहरू कटानका लागी वनबाट अनुमति भइसकेको आयोजनाले उल्लेख गरेको छ ।
क्षेतिपुर्ति दिने गरि सडक भित्र पर्ने संरचना हटाउने र छठ पर्व लगत्तै निर्माणको काम सुरु गर्ने ईन्जिनियर कुशलता न्यौपानेले बताए ।नारायघाट मुग्लिन सडक विस्तार जस्तो ढिला नहुने गरि यो सडक विस्तार हुने विश्वास न्यौपानेले दिए । ३ वर्ष भित्र निर्माण कार्य सक्ने गरि ठेक्का भएको उनको भनाई छ। तत्कालीन राजा महेन्द्रको पालामा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने र ठूला सवारी चलाउन सहज हुने अपेक्षा गरिएको छ ।
सडक विस्तारसँगै व्यापार–व्यवसायमा पनि सहज हुने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए । यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल–भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङसँग जोडिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार