वीपी स्मृति कपः भारतको लाइफ केयर र नेक्सस रूपन्देही फाइनलमा
नेपालबहस संवाददाता
कात्तिक १०, २०८१ शनिबार ८:४४:३०
चन्द्रकान्त खनाल
१० कार्तिक, रुपन्देही । ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र नेक्सस रुपन्देही–११ नेपाल फाइनल प्रवेश गरेका छन् ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा दीपक पुनियाको शतक, दिपान्सु फोरको अर्धशतक र क्षितिजको उत्कृष्ट बलिङको मद्दतमा पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतको लाइफ केयरले फाइनल यात्रा पक्का गरेको हो ।
यस्तै, दोस्रो सेमिफाइनलमा नेक्सस रुपन्देही–११ ले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीमाथि ८ विकेटको जित निकाल्दै फाइनल पुगेको हो । अब लाइफ केयर र नेक्ससबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
भैरहवास्थि सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लाइफ केयरले ५ विकेटको नोक्सानीमा २ सय ४७ रनको विशाल योगफल बनायो । उसका लागि दीपनक पुनियाले ५८ बलमा ९ चौका र ६ छक्काको मद्दतमा १ सय १ रनको शतकीय पारी खेले ।
यस्तै, दिपान्सु फोरले ६५, विपुलले अविजित २९, एकान्स डोबलले १९ र जस्मित नैनले १३ रनको योगदान गरे । बलिङमा पाकिस्तानको जावेद गोहारका मोहम्मद इश्तियाक अहम्मदले ४ र ऋषभ जोशीले १ विकेट हात पारे ।
२ सय ४८ रनको विशाल लक्ष्यसहित ब्याटिङ गरेको जावेद गोहारले १५ ओभर ४ बलमा ९ विकेटको नोक्सानीमा ९२ रन मात्रै बनाउन सक्यो । अन्तिम विकेट हातमा रहँदा पनि उसले खेल टुंग्यायो ।
उसका लागि अली हुसेनले ४२, ऋषभ जोशीले २३ र मोहम्मद इश्तियाक अहम्मदले १५ रन बनाए पनि अन्या ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम फाइनल पुग्नबाट चुक्यो । बलिङमा भारतको लाइफ केयरका क्षितिजले ४ ओभरमा १ मेर्डनसहित १३ रन खर्चेर ५ विकेट लिए ।
यस्तै, योगेश कुमारले ३ तथा राजेश शर्माले १ विकेट लिन सफल भए । खेलमा दीपक पुनिया म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।
सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साइक्यूले १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८८ रनको झिनो स्कोर बनायो । साइक्यूका ब्याटर सेमिफाइनलमा चल्न सकेनन् ।
उसका लागि एकसले २७, शौरबले १३, सिफत सदीकले १२, मुनिमले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम पराजित हुन पुग्यो । बलिङमा उसलाई सस्तैमा रोक्न नेक्सस रुपन्देहीका बसिर अहम्मदले ३, शाहब आलम र दिपेश कँडेलले २–२ तथा दुर्गेश गुप्ता र दिनेश अधिकारीले समान १–१ विकेट हात पारे ।
८९ रनको झिनो लक्ष्यसहित मैदानमा उत्रिएको नेक्सस रुपन्देहीले ११ ओभरमा ५ बलमा लक्ष्य पूरा गर्दै सहजै जित निकाल्यो । उसको जितमा शंकर रानाले ४०, विपिन विक्रम शाहीले १५ र मिर्नाल गुरुङले ११ रनको योगदान दिए । बलिङमा साइक्यूका शाहदत रहमान र एकसले १–१ विकेट लिए ।
खेलमा वसिर अहम्मद म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे । नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले वताउनु भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार