पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला
नेपालबहस संवाददाता
कात्तिक १०, २०८१ शनिबार ८:४७:४
१० कात्तिक, काठमाडौं। फ्रान्सका स्ट्राइकर किलीयन एम्बाप्पेले पुर्व क्लब पिएसजीविरुद्धको कानुनी लगाई जितेका छन् ।
एम्बाप्पेले पिएसजीले दिनुपर्ने ६० मिलियन डलर पारिश्रमिक बापतको रकम नदिएको भन्दै कानुनी लडाईमा गएका थिए । अब यस विषयको सुनुवाई गरेको लिग डी फुटबल प्रोफेसनल 'एलएफपी' ले एम्बाप्पेको पक्षमा निर्णय दिएको छ ।
पिएसजीले यसअघि एम्बाप्पेले क्लबप्रति गरेको प्रतिबद्धता पुरा नगरेर रियल म्याड्रिड गएका कारण सो रकम नदिने बताउदै आएको थियो ।
एलएफपीले पिएसजीले एम्बाप्पेलाई सो रकम तिर्नुपर्ने बताएको छ । साथै पिएसजीले यो निर्णयविरुद्ध अपिल गर्न नसक्ने तर फ्रेन्च फुटबल फेडेरेसनको कार्यकारी कमिटीमा रिफर गर्न भने सकिने बताएको छ ।
एम्बाप्पेको पक्षमा फैसला आएपछि पिएसजीले भने खेलाडीले क्लबप्रति गरेको सामान्य प्रतिबद्धता समेत पुरा नगरेको दाबि गर्दै अदालतमा विचाराधीन मुद्धाप्रति हतार गरेर निर्णय गरिएको उल्लेख गरेको छ । यद्यपि यस विषयमा पिएसजीले अदालत जाने बताएको छ ।
एम्बाप्पे पिएसजीमा २०१८ देखि २०२३ सम्म खेलेका थिए । यसक्रममा उनले पिएसजीका लागि ३०८ खेलमा २५६ गोल गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
पुष ७, २०८१ आइतबार