विश्वकप लिग-२ : अमेरिकामाथि स्कटल्याण्ड १० विकेटले विजयी
नेपालबहस संवाददाता
कात्तिक १०, २०८१ शनिबार ९:२:३९
१० कात्तिक, काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो ।अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको स्कटल्याण्डले २४-५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।
स्कटल्याण्डका लागि आन्द्रेउ उमीदले अविजित ९८ रन बनाए भने चार्ली टियरले अविजित ४३ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ३८.४ ओभरमा अल आउट हुँदै १४४ रन बनाएको थियो । अमेरिकाका लागि शाडली भान शाल्कवीकले सर्बाधिक ५८ रन बनाए भने हर्मित सिंहले २२ रन बनाएका थिए । त्यस्तै स्कटल्याण्डका बलर ब्राड कुरीले ४ विकेट लिए भने ब्राण्डन म्याकमुलेनले ३, ब्राड ह्वीलले २ विकेट लिएका थिए ।
यो जितपछि स्कटल्याण्डको लिग-२ मा ८ खेलमा ११ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै अमेरिकाको भने ९ खेलमा १२ अंक रहेको छ र दोस्रो स्थानमा छ । अब सिरिज अन्तर्गत आइतबार राती नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार