कालीगण्डकीको उत्तरवाहिनीमा मातापितापूजन एवं दामोदर महोत्सव सुरु
नेपालबहस संवाददाता
कात्तिक १०, २०८१ शनिबार ९:१३:५५
१० कात्तिक, रुपन्देही । धार्मिक, सांस्कृतिक र जैविक महत्वले युक्त, कालीगण्डकीको उत्तरवाहिनीमा आजदेखी ३० गते सम्म मातापितापूजन दामोदर महोत्सवको आयोजना सुरु भएको छ ।
मातापिता प्रतिको सम्मान र सेवाभाव बढाउनको लागि कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कालिगण्डकी नदीको किनारमा ‘मातापिता पूजन एवम् गण्डकी शालग्राम दामोदर महामहोत्सव’ गर्न लागिएको हो ।
स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुंगा र पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दीमा रहेको उत्तरवाहिनीमा उक्त महोत्सवको आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष आचार्य चैतन्यकृष्ण महाराजले बताए।
महामहोत्सवमा मातापिताको प्रत्यक्ष एवम् मानसपूजन, विभिन्न महापुरुषहरूद्वारा दिव्य प्रवचन, समग्र योग अनुशासन, प्राणायाम, ध्यान तथा साधना गरिने छ । यसैगरी हातहातमा दीपक लिएर गण्डकी एवम् दामोदरको आरती, सविधि कात्तिक स्नान तथा उत्तरवाहिनी गण्डकी मन्त्रोच्चारणपूर्वक जीवन जिउने कला, तनाव व्यवस्थापन, मातापिताको सेवालगायत विधाका प्रशिक्षण हुने उनले बताए ।
सो अवसरमा शिक्षा अध्यात्म, संस्कृति क्षेत्रको प्रेरक, अनेकौँ विज्ञहरूको सम्मेलन, गोष्ठी सेमिनारहरू, आयुर्वेद योग र प्राकृतिक उपचारको सिकाई गरिने छ । यसैगरी कर्मकाण्ड, ज्योतिष एवम् वास्तु शास्त्रको सरलतम प्रशिक्षण, विशिष्ट सन्त, वैज्ञानिकहरूको बिचमा अदभूत अन्तर्संवाद रहने प्रतिष्ठानका अध्यक्ष चैतण्यकृष्णले बताए ।
प्रतिष्ठानद्वारा सञ्चालित गुरुकुलममा विभिन्न जिल्लाका गरी ३३ जना विद्यार्थीहरू अध्ययनरत छन् । महोत्सवले विद्यार्थीहरूको अध्ययन तथा प्रतिष्ठानलाई दिगोपनाका लागि सहयोग पुग्ने प्रतिष्ठानले जनाएको छ । गुरुकुलममा विद्यार्थीहरू निःशुल्क रूपमा अध्ययन गरिरहेका छन् ।
उनीहरूको निःशुल्क विद्यादान, अन्नदान र जीवनदानका लागि अक्षयकोष स्थापनार्थ यो महामहोत्सवको गर्न लागिएको अध्यक्ष चैतन्यकृष्णले जानकारी दिए । विभिन्न कार्यक्रम मार्फत ११ करोडको अक्षयकोष स्थापना गर्ने प्रतिष्ठानको योजना छ ।
गण्डकी स्नानको महत्व बढाउने कात्तिक स्नान, दीपदानजस्ता महत्वपूर्ण विषयसमेत यो महोत्सवले जोड्ने आयोजकको भनाइ छ । कात्तिक १ गतेदेखि हरेक दिन अनुष्ठानका कार्यहरू भइरहेको उनले बताए । कात्तिक ९ देखि ३० गतेसम्म मातापिता पूजन एवम् गण्डकी शालग्राम दामोदर महामहोत्सव हुने प्रतिष्ठानले जनाएको छ ।
जीवित रहेका आफ्ना मातापिता प्रतिको कर्तव्यबोध गराउँदै दिवङ्गत भइसकेको मातापिता प्रति श्रद्धाभाव जनाउन महोत्सव गर्न लागिएको स्वर साधक तथा वास्तुविद खिला अधिकारी बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
बाँकेका एक हजार पाँच सय ८८ बालबालिका कुपोषणका फेला
पुष १०, २०८१ बुधबार
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार