किन गुपचुपमै छ पुर्वराजा ज्ञानेन्द्रसँग प्रचण्डको भेट ?
नेपालबहस संवाददाता
कात्तिक १०, २०८१ शनिबार १२:०:१९
१० कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले मुख नखोलेका कारण दशैंपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भएको भेटवार्ता अझै गुपचुपमा छ । मिश्रकै पहलमा प्रचण्डले ज्ञानेन्द्रसँग भेट गरी विशेष कुराकानी भएको राप्रपाका केही नेताहरु बताउँछन् । राप्रपा निकट स्रोतका रविन्द्र मिश्रले ज्ञानेन्द्रलाई भेटेको भोलिपल्ट प्रचण्डले भेटेका थिए । राप्रपाकै नेताहरूबाट यो विषय बाहिर आएपछि सामाजिक सञ्जालमा चर्चा भयो ।
सामाजिक सञ्जालको चर्चालाई माओवादीले भने खण्डन गरेको छ । खास पात्र रविन्द्र मिश्र नबोल्दा प्रचण्डलाई पनि भेटेको होइन भन्न सजिलो भएको छ । तर, उनले ज्ञानेन्द्रसँग भेट गरेको कुरा लुकाउनुपर्ने कुनै कारण भने छैन । यसअघि पनि उनले पटक पटक ज्ञानेन्द्रसँग भेटेर राजनीतिक कुरामा सहमति नै गरेको विषय बाहिर आइसकेको छ । वरिष्ठ पत्रकार किशोर नेपालले पनि यसको उजागर गरेका थिए ।
उनले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको खुलासा गरेका थिए सामाजिक सञ्जाल एक्सबाट । नेपालले आफ्नो पोस्टमा जनयुद्धका प्रमुख नेता तथा संघीय गणतन्त्रका पहिलो प्रधानमन्त्री प्रचण्डले पूर्वराजासँग ‘दर्शनभेट’ गरेको विषयमा लेखेका थिए ‘जनयुद्धका चीफ कमान्डर तथा संघीय गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्डले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहको दर्शनभेट गर्नुभएको खबर धेरैका लागि अविश्वसनीय लाग्न सक्दछ । तर, सत्य कहिलेकाहीँ असत्यको आवरणमा रहन पनि सक्दछ ।’
२०७८ पुसमा प्रचण्डले ज्ञानेन्द्रसँग भेट गरेको कुरा बाहिर आएको थियो । त्यो भेटलाई तत्कालीन स्थायी समिति सदस्य एवं पूर्वमन्त्री मातृका यादवले पार्टी अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच पाँच बुँदे सहमति भएको पुष्टि गर्न चुनौती दिएका थिए । त्यो बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा भेटबारे खुलाएका थिए । पछि यसलाई द्वन्द्वकालसँग जोडेर प्रचण्ड र पूर्वराजा शाहबीच पाँच बुँदे सहमति भएको भन्ने कुरा यादवले खण्डन गरेका थिए ।
यो पटक माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पूर्वराजासँग भेटवार्ता गरेको दावीसहित सामाजिक सञ्जालमा व्यापक फैलिएपछि प्रचण्डको सचिवालयले यसको खण्डन गर्नुपर्यो । प्रचण्डको सचिवालयले प्रचण्ड र पूर्वराजाको भेटवार्ताको समाचार हल्ला, कपोलकल्पित र झूटमात्र भएको र माओवादी सकिएर गए पनि पूर्वराजासँग भेटवार्ता नगर्ने दावी गर्यो ।
माओवादीलाई कमजोर बनाउन प्रायोजित तवरबाट कसैले यस्तो कपोलकल्पित हल्ला फैलाएको माओवादीको दावी छ । गणतन्त्रका लागि लडेको माओवादीले ज्ञानेन्द्रसँग भेटवार्ता गरेर देशमा फेरि राजतन्त्र ल्याउन माओवादी तयार नहुने तर्क गर्दै माओवादीले यस्ता कपोलकल्पित प्रायोजित हल्लाको पछि नलाग्न पनि आग्रह गरेको छ ।
राप्रपाका एक नेताका अनुसार प्रचण्डले ज्ञानेन्द्रसँग भेट गर्नुपर्ने कुरा राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले खुमलटारमै पुगेर राखेका थिए । त्यो बेलादेखि समय मिलाउँदै गर्दा दशैंपछि आइपुग्यो । मिश्र खुमलटार पुगेर प्रचण्ड भेटिसकेपछि देश विस्फोटनको अवस्थातिर उन्मुख रहेको र अब राजसंस्था पुनःस्थापित नगर्ने हो भने तपाईंहरूको अग्रगमन बाँकी नरहने कुरा प्रचण्डलाई सुनाएको बताएका थिए । यसको पनि माओवादीले खण्डन गरेको थियो ।
मिश्रले प्रचण्डले आफूलाई अहिलेकै स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने कुरा सुनाएको, यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म(प्रचण्ड) पनि पुगिसके । म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै मिश्रले लेखेका थिए । यो पटक ज्ञानन्द्रसँगको भेटमा पनि प्रचण्डले निरन्तरतामा क्रमभंगता अत्यावश्यक भइसक्यो, अब मुल अर्कै ढंगबाट अगाडि लानुपर्छ र यसमा साथ चाहिन्छ भनेका थिए ।
तर, माओवादी नेताहरु प्रचण्डले भेटेको कुरा स्वीकार गर्न तयार छैनन् । ज्ञानेन्द्र शाहको सचिवालयबाट पनि केही तथ्य बाहिर आएको छैन । तर, प्रचण्डले ज्ञानेन्द्र शाहलाई भेटेर देशको पछिल्लो अवस्थाका बारेमा लामो कुराकानी गरेको चर्चा राजनीतिक बृतमा चलिरहेको छ । प्रचण्डले यसअघिका भेट पनि यसरी नै चर्चामा आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार