इरानमाथिको आक्रमण समाप्त भएको इजरायलको घोषणा
नेपालबहस संवाददाता
कात्तिक १०, २०८१ शनिबार १२:३३:३१
१० कात्तिक, काठमाडौं । इजरायली सेना 'आईडीएफ' ले इरानी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण अब समाप्त भएको बताएको छ ।
सेनाले एक विज्ञप्ति जारी गर्दै इरानका धेरै क्षेत्रमा आफ्नो सटीक हमला पूरा गरेको र आफ्ना लडाकु विमानहरू सकुशल स्वदेश फर्किएको जानकारी दिएको छ ।
यसअघि इजरायलको सेनाले ‘इरानको सैन्य लक्ष्यमा सटीक हमला’ गरिरहेको बताएको थियो। इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा धेरै विष्फोटको आवाज सुनिएको पनि जानकारी दिएको थियो ।
इजरायलले विश्वका अन्य सार्वभौम राष्ट्रहरू जस्तै इजरायली राष्ट्रसँग जवाफ दिने अधिकार र कर्तव्य रहेको भन्दै इरानमाथि जवाफी कारवाही शुरु गरेको बताएको थियो ।
इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले अक्टोबर ७, २०२३ पछि इरानको शासन र यस क्षेत्रका उसका सहयोगीहरूले लगातार इजरायलमा आक्रमण गरेको बताउदै आफुहरु रक्षात्मक र आक्रामक क्षमता पूर्ण रुपमा सक्रिय रहेको बताएका थिए ।
अक्टोबर १ मा इरानको मिसाइल आक्रमणको जवाफमा इजरायलले यी आक्रमणहरू गरेको बताएको छ । राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार एजेन्सी रोयटर्सले इरानको सरकारी टिभीलाई उद्धृत गर्दै इरानी गुप्तचर अधिकारीले इरानको वायु रक्षा प्रणाली सक्रिय भएको कारण ठूलो आवाजमा विस्फोट भएको हुन सक्ने बताएको बताएको थियो ।
यद्यपी इजरायलले इरानमा कुन किसिमको सैन्य निशाना बनाएको छ भन्ने अझै स्पष्ट भइसकेको छैन । समाचार एजेन्सी एएफपीले इरानको सरकारी टिभी च्यानलमार्फत तेहरानका दुई विमानस्थल ‘सामान्य’ रूपमा सञ्चालन भइरहेको बताएको छ।
ह्वाइट हाउसले इरानमा इजरायलको आक्रमणबारे आफूलाई जानकारी रहेको बताएको छ । यद्यपी आक्रमण कुन स्तरमा र कुन स्थानमा भएको हो भन्ने खुल्न सकेको छैन ।
सिरियाको सरकारी समाचार एजेन्सीले इजरायली सेनाले सिरियाको मध्य र दक्षिणी क्षेत्रमा रहेका केही सैन्य लक्ष्यमा पनि आक्रमण गरेको जनाएको छ ।
इरानले इजरायलमा अक्टोबर १ मा २ सय भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइङल्याण्डविरुद्ध टेस्ट सिरिजमा पाकिस्तान २-१ ले विजयी
कात्तिक १०, २०८१ शनिबार
अमेरिकी फास्ट फूड चेनले आफ्नो मेनुबाट प्याज किन हटाए ?
कात्तिक १०, २०८१ शनिबार
जर्मनीका चान्सलर शोल्ज भारत भ्रमणमा
कात्तिक ९, २०८१ शुक्रबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कुसुम सेञ्चुरी
कात्तिक ९, २०८१ शुक्रबार
प्रचण्डको आदेशमा रोकिएको मुद्दा व्यूतिँदै, रविमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने
स्वईच्छा महर्जन
कात्तिक ९, २०८१ शुक्रबार
सुप्रिमबाट गोर्खा मिडियामा आएको १४ करोड २९ लाखमध्ये रवि र छविको नाममा ४ करोड ५० लाख
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार
किन गुपचुपमै छ पुर्वराजा ज्ञानेन्द्रसँग प्रचण्डको भेट ?
कात्तिक १०, २०८१ शनिबार
अब म कांग्रेस र एमालेसँग प्रधानमन्त्री माग्न जान्नः प्रचण्ड
कात्तिक १०, २०८१ शनिबार
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
कात्तिक १०, २०८१ शनिबार
अब म कांग्रेस र एमालेसँग प्रधानमन्त्री माग्न जान्नः प्रचण्ड
कात्तिक १०, २०८१ शनिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ : प्रधानमन्त्री
कात्तिक १०, २०८१ शनिबार
आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ : नेता कोइराला
कात्तिक १०, २०८१ शनिबार
प्रचण्डको प्रश्न : सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई किन छोइएन ?
कात्तिक १०, २०८१ शनिबार
दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती भयो : प्रचण्ड
कात्तिक १०, २०८१ शनिबार