अब म कांग्रेस र एमालेसँग प्रधानमन्त्री माग्न जान्नः प्रचण्ड
नेपालबहस संवाददाता
कात्तिक १०, २०८१ शनिबार २०:२२:५०
१० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफूहरु प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् भन्दै कांग्रेस र एमालेका शरणमा नजाने बताएका छन् । आफूसँग सरकार ढाल्ने क्षमता नभएको र सरकार ढाल्नका लागि माओवादीले आन्दोलन नगरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा उनले माओवादीले सरकार फेर्न कुरा नगरेको बताए ।
माओवादीले सडकबाट सरकार फेर्न हतारो गरेको छ भन्ने बुझ्नुभएको छ भने तपाईंहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुस,कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरियो । तपाईंहरुजस्ता पार्टीहरु यो देशका दलाल, पुँजीपति भ्रष्टहरुको प्रतिनिधि हुनुहुन्छ, केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती ग¥यौं, तपाईहरुको रोग हामीलाई पनि सर्याे, उनले भने ।
प्रचण्डले विपक्षी दलले विशेष अधिवेशन माग गर्ने संकेत गरे । विपक्षी दलले सडकबाट उठाएका मागको बेवास्ता गरे विशेष अघिवेशन बोलाउने बताए । बजेट अधिवेशन अन्त्य भएपछि संसद् बैठक आह्वान गरिएको छैन । ‘जरुरी पर्याे भने, सरकारले निहु खोज्यो भने सदनभित्रैबाट विशेष अधिवेशनको माग गर्नेछौं । विशेष अधिवेशन माग गर्ने संख्या विपक्षीसँग छ। एनले भने ।
सरकारविरूद्ध सदन र सडकबाट आन्दोलन चर्कोउने चेतावनी पनि उनले दिए । ‘संसद्को रोस्टम मात्र होइन, परिआए सडकमा ल्याएर जवाफ माग्नेछौं । संसद्को रोस्टममा भद्र तरिकाले जवाफ मागिन्छ,’ उनले भने, ‘धेरै अभद्र भयो भने घिसारेर सडकमै अभद्र तरिकाले जवाफ मागिनेछ ।’
प्रचण्डले अगाडि भने, ‘हामी अलिअलि बिग्रिन थालेका थियौं, जनताबाट कट्न थालेका थियौं, तपाईहरुले हामीलाई बेलैमा निकालिनिुभयो र जनतातिर फर्काइदिनुभयो ।’ माओवादीले फेरि कांग्रेस फकाउला वा एमाले फकाउला भन्ने चिन्ता नलिन पनि उनले आग्रह गरे । उनले अब कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने प्रचण्डले भने । जति सिट ल्याए पनि एक्लै लड्ने उनले बताए ।
आफू नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा इमान्दारिताका साथ काम गरिरहेका बेला सरकार ढालेको प्रचण्डले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार