अमेरिकामा बसेका नेपालीले अर्थमन्त्रीलाई भने, लगानी भित्राउन कर प्रणालीमा सुधार गर्नुस
रासस
कात्तिक ११, २०८१ आइतबार १०:३८:४५
११ कात्तिक, काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको आर्थिक विकासमा सघाउन सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छन् । मन्त्री पौडेलले अमेरिकामा रहेको नेपाली राजदूतावासले प्रवासी नेपालीसँग आयोजना गरेको छलफलमा मातृभूमिको विकासका निम्ति लगानीका माध्यमबाट सघाउन आग्रह गरेका छन् ।
पौडेलले मुुलुकको राजनीतिक स्थायित्वका निम्ति एमाले र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका छन् । वर्तमान सरकारको उद्देश्य जनचाहनाअनुसार विकास गर्दै समृद्धिको मार्गमा अघि बढ्नु हो, त्यहीअनुरुप काम गरिरहेका उनले बताएका छन् ।
उनले ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानीका पर्याप्त अवसर भएकाले अमेरिकामा कमाएको सीप, पुँजी र ज्ञानलाई नेपालमा उपयोग गर्न आग्रह गरेका छन् । उनले लगानीकर्तालाई सरकारले प्राथमिकताका साथ सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा लगानीको वातावरण र प्रतिफल प्राप्तिको सुनिश्चितता भएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अधिक पुँजी आवश्यक परेकाले गैरआवासीय नेपालीको सहयोग आवश्यक भएको बताए । छलफलका सहभागीहरूले नेपालको कर प्रणाली, लगानीमैत्री वातावरण, कर्मचारी संयन्त्रको कार्यसम्पादन र प्रविधिबारे जिज्ञासा राखेका थिए ।
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार एजेन्सी हो । नेपालबहस डटकम राससको ग्राहक हो ।
लेखकबाट थपविपद् व्यवस्थापनका लागि नेपाल सरकारलाई विश्व बैंकले २० अर्ब ऋण दिने
कात्तिक १३, २०८१ मंगलबार
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह
कात्तिक ९, २०८१ शुक्रबार
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन डलर सहुलियतपूर्ण ऋण दिने
कात्तिक ८, २०८१ बिहिबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
नेपाललाई पराजित गर्दै बंगलादेश बन्यो च्याम्पियन
कात्तिक १४, २०८१ बुधबार
उपत्यकासहित देशभर तिहारको झिलिमिली
कात्तिक १५, २०८१ बिहिबार
खेल जित्न सकिएन भनेर दुःख नमान्नुः प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
सञ्चारमन्त्री भन्छन, प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन एकथरी अभियान चलाइरहेका छन
कात्तिक १५, २०८१ बिहिबार
विश्वकप लिग-२ अन्तर्गत आज अमेरिका र स्कटल्याण्डबीच खेल हुँदै
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
पुजा शर्माको फिल्म दान्भी युट्युबमा रिलिज
कात्तिक १५, २०८१ बिहिबार