सीमासँग जोडिएका स्थानीय जनप्रतिनिधिहरुसँग सशस्त्र प्रहरीको अन्तरक्रिया कार्यक्रम
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार ११:२७:५८
११ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यक्रम प्रस्तावित सीमा सुरक्षा गुल्म बाँकेको आईसीपी हलमा कार्तिक ९ गते सम्पन्न भएको हो ।
नं.५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नं.३० गण बाँके र नं.३१ गण बर्दियाका गणपति, सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्षहरू लगायत प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपति र बीओपी प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा सीमामा हुने अवैध चोरीपैठारी निकासी तथा राजश्व चुहावट नियन्त्रण, चाडपर्वको समयमा हुने चोरी, डकैती, हत्या, अपहरण, लुटपाट लगायतका क्रियाकलापहरूलाई नियन्त्रण र सीमामा आवागमन गर्ने नागरिकहरूको सुरक्षा र सहजताको विषयमा समेत छलफल गरिएको थियो ।
सोही अवसरमा वरिष्ठ उपरीक्षक तिउसिनाले सीमामा हुने अवैध गतिविधिहरू नियन्त्रणको लागि सीमा सहजीकरण तथा निगरानी समिति गठन, सीमा नाकाहरूमा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको र भविष्यमा अन्य आधुनिक प्रविधिको बिस्तार गर्दै लगिने समेत बताए ।
उनले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने कार्यमा सरोकारवाला निकाय, स्थानिय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरुको समेत सहयोग, समन्वय र सहकार्यले महत्वपूर्ण भुमिका खेल्ने भएकोले स्थानीय सीमाबासीसँगको यस प्रकारका कार्यक्रम उपलब्धिमुलक हुने बताए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुले सीमामा सशस्त्र प्रहरीको उपस्थितिका कारण शान्तिसुरक्षाको प्रत्याभूति भएको , सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमले सीमाक्षेत्रका विभिन्न समस्या समाधानमा थप सहकार्य र समन्वयको वातावरण बनेको भन्दै खुशी व्यक्त गरेका थिए । सीमामा हुने असुरक्षाको स्थिति नरहेको भन्दै उनीहरुले सशस्त्र प्रहरीसँगको सहकार्य र समन्वय निरन्तर रहने बताए ।
सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ ल्याए पश्चात् सीमामा २४ सै घण्टा नियमित पैदल गस्ती, स्वास्थ्य शिविर संचालन, सीमानामा रहेका स्थानीयवासी लक्षित क्षमता अभिवृद्धि तालिम, सीमा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम, सीमाक्षेत्रमा सरसफाइ लगायत लैङ्गिक हिंसा, बाल बिबाह, लागूऔषध सम्बन्धमा सचेतनामूलक कार्यक्रमहरू समेत संचालन गर्दै आएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपालको कल्याणकारी योजना अन्तर्गत अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा बसोबास गर्ने आदिवासी जनजाति, दलित समुदाय, अल्पसंख्यक, अतिविपन्न, पिछडिएका वर्ग र सीमान्तकृत समुदायका तथा जेहनदार छात्रछात्राहरूलाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था समेत गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार