प्रचण्ड लक्षित ओलीको चेतावनीः हतियार चलाउन जानेको छु भनेर धेरै नउफ्रिनु, धम्कीले खाने दिन गए
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार १२:१:५४
११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हतियार चलाउने धम्की नदिन चेतावनी दिएका छन् । उनले हतियार चलाउनेलाई कसरी बिसाउन लगाउनुपर्छ भन्ने कुरा आफूले जानेको बताएका छन् । उनले हतियार चलाउनेलाई ठेगान लगाएर नै यहाँसम्म आएको दावी गरेका छन् ।
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको विरोध सभालाई सम्बोधन गर्दै ‘हामीले हतियार मात्रै बिसाएका हौँ, चलाउन बिर्सेका छैनौं’ भन्दै विद्रोह लक्षित अभिव्यक्ति दिएका थिए । यसको ओलीले जवाफ फर्काउँदै यस्तो धम्की नदिन चेतावनी दिएका हुन् ।
एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धम्कीका भरमा खाने दिन सकिएको बताए । हिजो एक जना उफ्रि उफ्रि भाषण गर्दै थिए । हिजो मात्रै देख्या थे । हतियार बिसाएको मात्रै हो भ्रम नरहोस् । चलाउन बिर्ष्या छैन भन्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नी धम्क्याएका भरमा खाने जमाना गए ।’
उनले आफूलाई हतियार चलाउन नआएपनि कसरी बिसाउनु लाउनुपर्छ भन्ने तरिका आफूलाई थाहा भएको बताए । उनले भने, ‘म त्यसलाई फेरि हतियार कसरी बिसाउन लाउनुपर्छ भन्ने तरिका पनि हामीलाई थाहा छ पनि नभनौँ । हामी चलाउन त चलाउँदैनौँ तर बिसाउन चाँही लगाउन जानेको छ हामीले ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
जङ्गल सफारीमा पर्यटक
पुष ७, २०८१ आइतबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार