वालिङको शिक्षा क्षेत्र निरन्तर विवादित, विचौलिया हावी हुँदा जनप्रतिनिधि विवादमा
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार १२:१५:११
११ कात्तिक, स्याङ्जा । स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो चुलिँदै जाँदा स्याङजाको वालिङ नगरपालिका एक पछि अर्को विवादमा तानिएको छ । शिक्षा ऐन संशोधनको विषय सर्वोच्च अदालतसम्म पुगेको विषय सेलाउन नपाउँदै गैरकानुनी हिसाबले शिक्षक सरुवाको घटनाले वालिङ नगरपालिका पुनः विवादित बन्न पुगेको हो ।
जनताको घरदैलोको सरकारको रुपमा रहेका स्थानीय तहमा जनप्रतिनिधिको मनपरी र कर्मचारीको लापरबाहीले चरम बेथिति निम्त्याएको मात्र छैन, संघीयतामै वितृष्णा जगाउने काम भएको छ ।
शिक्षक सरुवा गैह्रकानुनी
घटना २०८१ असोज १३ गतेको हो । वालिङ नगरपालिका ५ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयका माध्यमिक तहका स्थायी शिक्षक अर्जुन पोख्रेल र रणवीर जनहित माध्यमिक विद्यालयका माध्यमिक तहका स्थायी शिक्षक कमल लम्सालको सरुवा गैह्रकानुनी भन्दै विवादित बनेको छ ।
वालिङ नगरपालिकाको शिक्षा शाखा प्रमुख र रणवीर जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीको मिलेमतोमा गरिएको सरुवा विवाद अहिले वालिङमा मात्र नभइ शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन विभागसम्म पुगेको छ ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका रणवीरका प्रअ लक्ष्मीप्रसाद रेग्मी वालिङ नगर शिक्षा समितिका सदस्य समेत हुन् । आफू अनुकूलको शिक्षक सरुवा गरी आफू कार्यरत विद्यालयमा ल्याउन ग्राण्ड डिजाइन गरेका रेग्मीले शिक्षा शाखा प्रमुख काफ्लेलाई प्रभावमा पारेपछि काफ्लेले समितिका बहुमत सदस्यलाई हस्ताक्षर गराएका थिए । समितिको बैठक नबसी हस्ताक्षर गर्न लगाएको शिक्षा समितिका एक सदस्यले स्वीकार गर्दै, आफूहरूलाई पूर्णरुपमा प्रकृया मिलेको भन्दै हस्ताक्षर गर्न बाध्य पारिएको बताएका छन् । दुवै विद्यालयको सहमतिमा सरुवा भएको भनेर हामीलाई फसाइयो, उनले टेलिफोन सम्वादमा भने ।
स्थानीय सरकार सन्चालन ऐन २०७४ ले स्थानीय तहलाई शिक्षक सरुवाको अधिकार दिएको छैन । वालिङमा गरिएको यो सरुवा शिक्षक सरुवा निर्देशिका २०८१ अनुसार गरिएको भनिएपनि निर्देशिकामा उल्लेख गरिएका कुनै प्रकृया अवलम्वन गरिएको छैन । निर्देशिकमा दरबन्दी मिलान गर्न सक्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । दरबन्दी मिलान शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै वा सुरु हुनासाथ पालिकाभर एक साथ गर्नुपर्ने उल्लेख गरेको छ । व्यक्ति मिलान सरुवालाई दरबन्दी मिलानको अपव्याख्या गरेर सरुवा गरेपछि गैह्रकानुनी सरुवाको आरोप लगाइएको हो ।
उक्त सरुवामा रणवीरको व्यवस्थापन समितिको सहमति नगरी सरुवा गरिएको थियो भने महेन्द्र माविमा चाडवाडमा प्रअ रिक्त हुँदा तलब खुवाउन नसकिएको विशेष परिस्थिति भन्दै सरुवा गरिएको शिक्षा शाखाले जनाएको छ ।
कानुन विपरितको सरुवामा व्यवस्थापन समितिको अंकुश
रणवीर जनहित मा.वि.का शिक्षक लम्साललाई महेन्द्र मा.वि.मा सरुवा गरेपछि उनको ठाउँमा ल्याइएका रेग्मी अनुकुलका पोख्रेललाई हाजिर नगराउन रणवीरका ६ जना व्यवस्थापन समितिका सदस्यहरूले नगरपालिकामा उजुरी दर्ता गरेका छन् ।
शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ मा गलत कागजात पेश गरी वा सरुवा प्रति गुनासो आएमा सम्बन्धित अधिकारी समक्ष सरुवा बदर गर्न निवेदन दिन सकिने र ७ दिन भित्र निवेदन उपर कारवाही गर्ने प्रावधान समेत उल्लेख गरेको छ ।
नगरपालिकामा विचौलिया हावी
स्थानीय सरकार संचालनमा कानुन विपरीत काम गर्न गराउन विचौलिया सधैं हावी भएका छन् । वालिङ नगरपालिकाको पछिल्लो विवादित सरुवामा पनि शिक्षक संघ र संगठनका नाममा समितिमा पुगेकाले ऐन र कानुनको गलत व्याख्या गरेका कारण सरुवा विवादित बन्न पुगेको स्पष्ट देखिन्छ ।
नगरपालिका भित्र शिक्षक नियुक्ति र सरुवामा यिनै संघ र संगठन सधैं विचौलियाका रुपमा हावी हुने गर्द शैक्षिक क्षेत्र सधैं विवादमा आइरहेको छ । वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँण यो विवादित सरुवा वदर गर्न तयार हुँदा शिक्षा शाखा प्रमुख र तिनै शिक्षक संघ र संगठनबाट अवरोध आएको कार्यालय स्रोतको दावी छ ।
शिक्षकलाई राजनीतिक दलको सदस्यता लिन समेत कानुनी बन्देज रहेको अवस्थामा वालिङमा भने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि र नेकपा एमालेका जिल्ला सचिवालय सदस्य नगर शिक्षा समितिमा रहनुले शिक्षा क्षेत्र राजनीतिक चंगुलबाट उठ्न नसकेको नगरवासीको आरोप रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
आज ‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक विदा
पुष १०, २०८१ बुधबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार