लुम्बिनीमा मदरसा शिक्षालाई सुधार गरेका छौंः मुख्यमन्त्री आचार्य
नेपालबहस संवाददाता
कात्तिक १०, २०८१ शनिबार १५:०:०
चन्द्रकान्त खनाल
१० कार्तिक, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरणको लागि समानता र अधिकार सुनिश्चित गरेर सरकारले काम गरिरहेको बताएका छन् ।
रुपन्देहीको भैरहवामा मुस्लिम समुदायको अधिकारको बारेमा आयोजना गरिएको प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले मुस्लिम समुदायको विकास तथा सशक्तीकरणका लागि समानता र अधिकार सुनिश्चित गरेर प्रदेश सरकार अघि बढेको बताए ।
लुम्बिनी प्रदेश सरकारले मदरसा शिक्षालाई सुधारेको मुख्यमन्त्री आचार्यको भनाई छ । मुस्लिम समुदायका बालबालिकाको शिक्षामा समान पहुँच बढाउन छात्रा वृत्तिको व्यवस्था गरेको, छोरीहरूलाई शिक्षामा पहुँच बढाउन छात्रावास स्थापना गरेको समेत जानकारी दिए ।
‘प्रदेश स्थापना भएपछी मदरसा शिक्षालाई जोड दियौं । मदरसाको भौतिक सुधार ग¥यौँ । त्यहाँ शिक्षाको गुणस्तर सुधार्न पनि ध्यान दियौं । मुस्लिम विद्यार्थीलाई छात्रावृत्ति र छात्रावासको समेत निर्माण गर्न प्रदेश सरकारले लगानी गरेको छ’उनले भने,‘शिक्षा क्षेत्रमा अगाडि बढाउन प्रदेश सरकारले लागे पुगे सम्मको सहयोग गरेको छ ।’
प्रदेश सरकारले मुस्लिम समुदायलाई निजामती क्षेत्रमा आकर्षीत गर्न सात प्रतिशत आरक्षणको व्यवस्था गरेको समेत मुख्यमन्त्री आचार्यले बताए ।‘प्रदेश सरकारले मुस्लिम समुदायको सशक्तीकरणको लागि ध्यान दिएको छ ।
निजामती सेवामा आकर्षित गर्न ७ प्रतिशत आरक्षण सुनिश्चित गरेका छौं’उनले भने,‘नीति, नियम तथा कार्यक्रमबाट मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्नेगरी सरकारले काम गरिरहेको छ ।’ छोरीहरुको शिक्षामा मुस्लिम समुदायले विशेष ध्यान दिनुपर्ने बताए ।
‘छोरीहरुलाई शिक्षामा अगाडि बढाउन समुदायबाटै नै विशेष ध्यान दिनुपर्छ । सरकारले वातावरण निर्माण गरेको छ । छात्रावास बनाएको छ । छात्रावृत्ति दिएको छ । छोरीहरूलाई विद्यालयमा पढ्न पठाउनुस’उनले भने,‘समुदायका अगुवाहरू नै बढी संवेदनशील हुन जरुरी छ ।’
प्रदेशका ६ जिल्लामा पोषण कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै गर्भवती र सुत्केरी आमाहरूलाई यो कार्यक्रममा जोड्न आह्वान गरे ।‘तराईका ६ जिल्लामा मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण जस्ता समस्याहरू छन् । यि समस्या समाधान गर्न सरकारले थालेका कार्यक्रममा जोड्न समुदायले विशेष पहल लिन जरुरी छ’ उनले भने,‘सरकारले लगानी गर्दै जाने तर, सेवा उपभोग गर्न समुदायका मानिसहरू नपुग्ने अवस्था भयो भने त्यसले नतिजा राम्रो दिँदैन । यस बारेमा हामी सवै संवेदनशील बन्न जरुरी छ ।’
समुदायका विपन्न नागरिकहरूलाई आर्थिक रुपमा बलियो बनाउन व्यवसायीक तथा सिप अभिवृद्धिको कार्यक्रम अघि बढाउने, निरोगिताको लागि स्वास्थ्य उपचारमा पहुँच बढाउने, सामाजिक चेतना अभिवृद्धिका अभियानहरू व्यापक बनाउनुपर्ने बताए ।
धार्मिक सद्भाव कायम राखौं, सबै धर्मको सम्मान गरौं भन्ने मुख्य सन्देश सहित ओल्मा काउन्सिल नेपाल रुपन्देही शाखाको आयोजनामा ‘तहफ्फुजे हुकुके मुस्लिम व तालीमी वेदारी’ सम्मेलन २०८१ सुरु भएको छ । ओल्मा काउन्सिल रुपन्देहीका अध्यक्ष मौलाना अब्दुलनबी भाटको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आथित्यतामा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलन उद्घाटन अवसरमा पिछडियको समुदायलाई राज्यको मूलधारमा ल्याउने गरी प्रदेश सरकारले नीति तथा कार्यक्रम मार्फत सम्वोधन गर्न माग राखिएको थियो । मुस्लिम समुदायभित्र आर्थिक वा सामाजिक रूपमा पछाडि परेका व्यक्तिको विकास र सशक्तीकरणका लागि विशेष कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने, मुस्लिम समुदायको भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण र विकासको लागि कार्यक्रम बनाउन समेत प्रदेश सरकारसँग अनुरोध गरिएको छ ।
मुस्लिम समुदायको हक, हितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकरण गर्न, आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, राज्यले उपलब्ध गराउने स्रोत तथा साधनहरुलाई मुस्लिम समुदायको पहुँच वृद्धि गर्न, ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक क्षेत्रको संरक्षण र सम्वर्द्धन लगायतका बिषयहरु उठान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबञ्चरेडाँडाको आयु लम्ब्याउने तयारीमा कामपा
कात्तिक १४, २०८१ बुधबार
वालिङको शिक्षा क्षेत्र निरन्तर विवादित, विचौलिया हावी हुँदा जनप्रतिनिधि विवादमा
कात्तिक ११, २०८१ आइतबार
धरानको कार्यवाहक विवाद: मेयरको निर्णय कार्यावन्यन नगर्न उच्च अदालतको अन्तरिम आदेश
कात्तिक ४, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
कात्तिक १४, २०८१ बुधबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ, विकल पौडेलसहित दुईजना दोषी ठहर
कात्तिक १४, २०८१ बुधबार
नेपाललाई पराजित गर्दै बंगलादेश बन्यो च्याम्पियन
कात्तिक १४, २०८१ बुधबार
सालको पात बेचेर खर्च जुटाउँदै महिला
कात्तिक १४, २०८१ बुधबार
कार दुर्घटनामा एकको मृत्यु, एक गम्भीर
कात्तिक १४, २०८१ बुधबार
कांग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन
कात्तिक १४, २०८१ बुधबार