राजनीतिक स्थायीत्वको लागि पनि कांग्रेस बलियो हुनुपर्छ : बालकृष्ण खाँण
नेपालबहस संवाददाता
कात्तिक १०, २०८१ शनिबार १७:०:०
चन्द्रकान्त खनाल
१० कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले बलियो कांग्रेसबाट मात्रै मुलुकमा विकास र समृद्धि सम्भव भएको धारणा राखेका छन्।
नेपाली कांग्रेस सिद्धार्थनगर समिति, रुपन्देहीले शनिबार रुपन्देहीको भैरहवामा आयोजना गरेको क्रियाशील भेला, सम्मान समारोह तथा दशैं, तिहार, छठ तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले कांग्रेसलाई बलियो बनाउने दायित्व पनि कांग्रेसकै रहेको उल्लेख गरे ।
‘बलियो कांग्रेसले मात्रै विकास समृद्धि ल्याउँछ, मुलुकमा स्थापित व्यवस्थालाई बलियो र सफल बनाउन पनि कांग्रेस बलियो हुनुपर्छ, उनले भने, ‘राजनीतिक स्थायित्वको लागि पनि कांग्रेस बलियो हुनुपर्दछ ।’ उनले मुलुकलाई अप्ठ्यारो परेको बेला कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गरेको पनि उल्लेख गरे ।
सविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले खान विकासप्रेमी नेताको पराजयले ठूलो नोक्सानी भएको उल्लेख गर्दै सबै जातजाती, धर्म, समुदायको भावना बुझ्ने नेता बालकृष्ण खाण रहेको दावी गरे। उनले नागरिकको चाहना बमोजिम नगरको विकास भइरहेको चर्चा गर्दै केही समयमै महत्वपूर्ण कामको परिणाम देखिने बताए।
कार्यक्रममा नगर समितिका संस्थापक तथा पूर्व सभापतिहरूलाई सम्मान गरिएको थियो । संस्थापक सभापति बलराम गौतम, सचिव दीर्घराज काफ्ले, पूर्व नगर सभापति दीपक क्षेत्री न्यौपाने, सुरेन्द्रजंग थापा, दिलिप धिताल, परिवर्तनका आन्दोलनमा अग्रपंक्तिमा रहेका दिपेन्द्रमान श्रेष्ठ र कलमको माध्यमबाट परिवर्तनलाई अगाडी बढाएको भन्दै अग्रज पत्रकार दिलिप भट्टराईलाई सम्मान गरिएको थियो ।
नगर सभापति कोशिस बहादुर खड्काको सभापपित्व, कार्यक्रम संयोजक एवं नगर उपसभापति देवराज न्यौपानेको संयोजकत्व तथा नगर सचिव अनिल कुमार के.सी.को सञ्चालनमा भएको कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य गंगा शाही, पार्टीको रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, पूर्व सांसद प्रमोद कुुमार यादव, लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेय, सिद्धार्थनगर वडा नम्बर ९ का वडा सभापति श्यामसुन्दर खनालल गायतले बोल्दै कांग्रेसको जग क्रियाशील सदस्य रहेको भन्दै क्रियाशीलको भावना अनुसार कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ र १३ मा वडाअध्यक्ष पदको उम्मेदवारहरू कांग्रेसमा प्रवेश गरेका छन् । वडा नम्बर २ मा वडा अध्यक्षको उम्मेदवार बनेका सुनिल कुमार पुन र १३ मा उम्मेदवार बनेका नितेश जालन्धर कांग्रेसमा प्रवेश गरेका हुन् । पुन ७ मतले पराजित भएका थिए ।
जालन्धरले चौथो स्थान प्राप्त गरेका थिए । २०७४ सालमा नेकपा (माओवादी केन्द्र) बाट वडाअध्यक्षको उम्मेदवार बनेका पुन झिनो मतले पराजित भएका थिए । उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खाणले पार्टीमा स्वागत गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार