उसुको थाउलो विश्वकपमा नेपालले जित्यो कांस्य पदक
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार १२:३७:४१
११ कात्तिक, काठमाडौं । जापानमा जारी उसुको तेस्रो थाउलो विश्वकप–२०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक प्राप्त भएको छ । नेपाली उसु खेलाडी विजय सिंजालीले उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जितेका छन् । जापानमा भइरहेको थाउलो विश्वकप अन्तर्गत आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै तेस्रो स्थान हासिल गरेका हुन् ।
बिहान सम्पन्न प्रतिस्पर्धामा ९ दशमलब ६३६ अंक प्राप्त गर्दै कांस्य पदक जितेका हुन् । सो स्पर्धामा मलेसियाका वेन सन वङले स्वर्ण तथा जापानका मोटो योसीले रजत पदक जिते । अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगिता चीनमा कांस्य पदक जितेका खेलाडी पनि हुन् । १३औं सागमा स्वर्ण पदक र १० औं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका उनले रियादमा भएको वर्ल्ड उसु कमब्याट गेम्समा पनि स्वर्ण पदक जितेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
भ्रष्टाचार र सुशासनका विषयमा यो र त्यो नभनी पत्रकारले निष्पक्ष भएर लेख्नुपर्योः प्रचण्ड
पुष १९, २०८१ शुक्रबार
हात्तीसारमा रहेको रोनाल्डो हात्ती
पुष १९, २०८१ शुक्रबार
सुनको मूल्य दुई हजारले बढ्यो, तोलाको कति ?
पुष १९, २०८१ शुक्रबार
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज
पुष १९, २०८१ शुक्रबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार