भ्रष्टाचार शून्यमा झार्न पारदर्शी व्यवहार देखाऔँ : मुख्यमन्त्री आचार्य
नेपालबहस संवाददाता
कात्तिक १०, २०८१ शनिबार १३:०:०
चन्द्रकान्त खनाल
१० कार्तिक, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शून्यमा झार्न नेतृत्व तहमा रहेकाहरूले पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका छन् ।
भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ को बारेमा शनिबार भैरहवामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले वडा तहमा हुने भ्रष्टाचारका उजुरीलाई समेत हेर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई अधिकार सम्पन्न बनाइनुपर्ने समेत बताउनु भएको छ ।‘अख्तियारको प्रतिनिधिको रुपमा सिडियो हुन्थ्यो । त्यो व्यवस्था कायम गर्न जरुरी छ । किन कि तल वडा वडामा हुने अनियमिताहरुलाई पनि हेर्न जरुरी छ’ उनले भने,‘सुशासनको क्षेत्रमा हामी पारदर्शी बनौँ ।
हामी सबै पारदर्शी बन्यौँ भने मलाई लाग्छ यो भ्रष्टाचार आफै न्यूनीकरण भएर जान्छ । तपाईले नखाने, मैले नखाने, अर्काले नखाने हो भने यसै सकिन्छ त । त्यसो भएकाले यो सवालमा हामी सबै गम्भिर बनौँ ।’
लुम्बिनी प्रदेशमा सुशासन कायम गर्न प्रदेश सरकारले रणनीतिक योजना बनाउने कामलाई अन्तिम चरणमा पु¥याएको समेत उनले जानकारी दिए । भ्रष्टाचारलाई शून्यमा झार्नेगरी सुशासन कायम गर्न प्रदेश सरकारले पाँच बर्षे रणनीतिक योजना निर्माणको कामलाई अन्तिम चरणमा पुराएको बताउनु भएको हो ।‘सुशासन कायम नभइ राख्दा भ्रष्टाचार बढेर जान्छ ।
तपाई जति सुशासन कायम गर्न सक्नुहुन्छ त्यो प्यारामिटर डाउन भएर घट्दै जाने हो’उनले भने,‘भ्रष्टाचार अन्त्यको कुरा गरेर मात्रै होइन, त्यसमा महत्वपूर्ण ध्यान दिन जरुरी छ । प्रत्यक्ष र अप्रत्यक्ष खालका हुने खर्चहरूलाई कटौती गरेर अगाडि बढीरहेका छौं ।’
भ्रष्टाचार शून्यमा झार्न राजनैतिक नेतृत्व, कर्मचारी तह लगायत जिम्मेवारीमा रहेकाहरूमा नैतिकता र इमानदारी व्यवहारको आवश्यकता रहेको समेत धारणा राखे । जिम्मेवारीमा रहेका सबैमा नैतिक आचारचरण हुने हो भने भ्रष्टाचार शून्यमा झार्न सकिने बताए ।‘सबै तह र तप्काको नेतृत्व हरेक हिसाबले सच्चिन जरुरी छ ।
राजनीतिक दलका नेता कार्यकर्ता भन्नुस्, जनप्रतिनिधि भन्नुस, कर्मचारी साथिहरुको कुरा गर्नुस्, विभिन्न संघ संस्थामा काम गर्ने अभियन्ताको कुरा गर्नुस, नागरिक समाजको कुरा गर्नुस्, सामान्य नागरिकको कुरा गर्नुस । हरेक क्षेत्रमा इमानदारीता हराउँदै गइरहेको छ । यो कुरालाई आत्मसाथ गर्नुपर्छ’उनले भने,‘हामि सबै सच्चिन र सुध्रीन जरुरी छ ।
मैले यो आवश्यकता देखेको छु ।’ नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको आयोजनामा भैरहवामा भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण बारे छलफल गरिएको हो । भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि कार्यान्वयन गर्ने सन्दर्भमा भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीनि तथा कार्ययोजना निर्माण गर्न थालिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न, मौलिक हकको सुनिश्चितता एवम् मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्द्धनको माध्यमबाट समावेशी, मर्यादित र समता मूलक समाजको विकास गरी समृद्ध प्रदेश, खुसी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न, सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, पारदर्शी, भ्रष्टाचार मुक्त जनउत्तरदायी बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति दिलाउने लगायतका उद्देश्य राखेर भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गर्न थालिएको हो ।
राजनीतिक, प्रशासनिक, न्यायिक, सामाजिक लगायत सबै क्षेत्रको भ्रष्टाार र अनियमितता नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्ने राज्यको नीति कार्यान्वयन गर्न, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्रको रुपमा सो महासन्धिको प्रभावकारी कार्यान्वयन गर्न रणनीति तथा कार्ययोजनाको आवश्यकता परेको जानकारी गराइएको छ । भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गर्न प्रदेश सरकार र स्थानीय सरकारको भूमिका प्रभावकारी बनाउन जोड दिइएको छ ।
भ्रष्टाचारको जोखिमपूर्ण क्षेत्रको पहिचान गरी बिशेष निगरानी गर्ने, सेवाग्राहीकाे बढी चाप हुने कार्यालय र निकायहरूको सेवालाई अनलाई सेवामा रुपान्तरण गर्ने, त्यस्ता कार्यालय र निकायमा सिसिटिभी जडानको व्यवस्था अनिवार्य गर्ने, सार्वजनिक निकायहरूले आफूलाई विनियोजित बजेट एवं त्यसमा भएको खर्च तथा प्रगतिको विवरण सार्वजनिक गर्ने, मुख्यमन्त्री तथा मन्त्रीहरूको निजी सचिवालयमा रहने सल्लाहकार तथा अन्य कर्मचारीको नियुक्ति तथा सेवा शर्त सम्बन्धित विषयलाई ऐनद्वारा नियमित गर्ने, सार्वजनिक पदाधिकारीहरूमा सदाचार, इमानदारी र जिम्मेवारीको भावना विकास गर्न आचारसंहिता विकास र परिमार्जन गरी कार्यान्वयन गर्ने, हाजिरी छड्के, पोशाक अनुगमन, नागरिक वडा पत्र अनुगमन आदीमा कानुनको परिपालना नगर्ने व्यक्ति र निकायहरूको अभिलेख तयार गर्ने लगायतका क्षेत्रमा भूमिका तोकिएको छ ।
कार्यक्रममा भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजनाको कार्यपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव राजेन्द्र थापाले गरे । कार्यक्रमको विषयवस्तुहरुमाथि उपसचिव राजुप्रसाद गुरागाईले प्रकाश पारेका थिए । कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणिन्द्र गौतमको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य, लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका जनप्रतिनिधि लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ, विकल पौडेलसहित दुईजना दोषी ठहर
कात्तिक १४, २०८१ बुधबार
भ्रष्टाचार नियन्त्रण गर्न सबैको साझा प्रयत्न आवश्यक छ : प्रमुख आयुक्त राई
कात्तिक १२, २०८१ सोमबार
कानुन बनाउन ढिला भयो, भ्रष्टाचार र अख्तियारका विधेयक समितिबाट छिटो पारित गरौँः गृहमन्त्री
कात्तिक १२, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले दिए नेपाली महिला फुटबल टोलीलाई धन्यवाद
कात्तिक १४, २०८१ बुधबार
डा उप्रेती हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
कात्तिक १४, २०८१ बुधबार
इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर
कात्तिक १४, २०८१ बुधबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ, विकल पौडेलसहित दुईजना दोषी ठहर
कात्तिक १४, २०८१ बुधबार
नेपाललाई पराजित गर्दै बंगलादेश बन्यो च्याम्पियन
कात्तिक १४, २०८१ बुधबार