थुनामा रहेका रविसँग जोडेर सामाजिक सञ्जालमा अनर्गल प्रचार नगर्न कास्की प्रहरीको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार १३:५:४१
११ कात्तिक, पोखरा । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई थुनामा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबारे अनुसन्धानसँग जोडेर अनर्गल प्रचार नगर्न कास्की प्रहरीले चेतावनी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले औपचारिक रूपमा यस्तो चेतावनी दिएको हो ।
आइतबार एक विज्ञप्ति जारी गर्दै कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले आफूहरू तथ्यपूर्ण अनुसन्धान गर्न सक्षम रहेको उल्लेख गरेका छन् । यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि प्रहरीले पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा समेत अनुसन्धान गरिरहेको छ । लामिछाने यसअघि संगठित अपराध र सहकारी संस्थाको बचत रकम दुरुपयोग प्रकरणमा मुछिएका थिए ।
लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई कास्की जिल्ला अदालतले कात्तिक ८ गते थप सात दिनको म्याद दिएको छ । दोस्रोपटक म्याद थपका निम्ति लैजाँदा अदालत परिसरमा लामिछाने पक्षका वकिलले सामाजिक सञ्जालमा लाइभमार्फत असन्तुष्टि जनाएका थिए । सामाजिक सञ्जालमा प्रहरीले अपशब्द बोलेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएकोलगायतका आरोप गलत भएको जनाएको छ ।
कास्की प्रहरीले सामाजिक सञ्जालमा भ्रमपूर्ण विचार सम्प्रेषण भएको भन्दै यस्तो नगर्न सञ्जाल प्रयोगकर्तालाई चेतावनी दिएको हो । केही दिनयता विभिन्न सामाजिक सञ्जालहरूमा अनुसन्धानको क्रममा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री माननीय रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिति २०८१-०७-०८ गते म्याद थप गर्न सम्मानित कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको भन्ने कुरा झूट भएको जनाएको छ ।
इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटक लगायत सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भीर ध्यानाकर्षण भएको, विज्ञप्तीमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार