तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार १३:१८:३०
११ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरीमा सुशासनको दर बढ्न थालेपछि केही प्रहरी अधिकृतहरूमा छटपटी शुरु भएको छ । तस्करी धन्दा चलाएर भक्तपुरमा आलिसान बंगला बनाएको आरोप लागेका सशस्त्र प्रहरीका डीएसपी शम्भु कटुवालमा यस्तो छटपटी शुरु भएको हो ।
उनी अहिले चितवनको छरछरे बीओपीको इन्चार्ज रहेका छन् । “उनी अहिलेसम्म न कतै मिसन गएका छन्, न तलबले त्यत्रो घर बन्छ, उनी करिब १० बर्ष मधेस प्रदेश बसेर तस्करी गराउन तल्लीन थिए । जस कारण घर र अरु २/३ वटा घडेरी किन्न सफल पनि भए ।” सशस्त्र प्रहरी स्रोतले भन्यो ।
अहिले चितवनको छरछरे बीओपी पुगेका उनी त्यहाँ तस्करी गराउन नपाएपछि मातहत कर्मचारी बिदा छोडेर राशनबाट कमाउन लागेको समाचार स्रोतको भनाई छ । स्रोतका अनुसार महंगा होटेलमा पुगेर बिदा मनाउने उनलाई पैसाको जरुरत पर्यो अनि ३० जना रहेको बीओपीमा २० जना त बिदामा नै हुन्छन् । कमान्डर हुँदा कहिल्यै सुधारको काम नगर्ने तर कामाउ धन्दा मात्र गर्ने उनको बानी रहेको बताइन्छ ।
‘चितवनको छरछरे नाका होइन, त्यसैले उनको ध्यान बिदा छोडेर राशनमा गएको छ’, स्रोतले भन्यो । उनको महँगो दैनिकी देखेर मातहत कर्मचारी समेत अचम्म पर्ने गरेका छन् । उनी मात्र होइन राशनको पैसाले उनको घर परिवारलाई पनि खर्च पुर्याउनु पर्ने उनीसँग तराईमा सँगै बसेका एक जुनियर अधिकृतले बताए । कर्मचारीलाई बिदामा पठाएकै कारण चितवनमा रहेको गणले थप मद्दत माग्दा दिन सकेको छैन । उनको विषयमा अहिले मुख्यालयमा उजुरी परेको र उजुरीपछि मुख्यालयले उनको निगरानी बढाएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलको मौजुदा कानुन परिवर्तन भएपछि संगठन चलायमान हुन्छः गृहमन्त्री
कात्तिक १३, २०८१ मंगलबार
यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिए
कात्तिक १२, २०८१ सोमबार
सीमासँग जोडिएका स्थानीय जनप्रतिनिधिहरुसँग सशस्त्र प्रहरीको अन्तरक्रिया कार्यक्रम
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
प्रधानमन्त्री ओलीलाई भारतले किन दिएन महत्व ?
केदार भट्टराई (काका)
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
कात्तिक १३, २०८१ मंगलबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु
कात्तिक १४, २०८१ बुधबार
नेपाल र बंगलादेशबीचको खेल हेर्न टिकट काट्नेहरु बिहानैदेखि लाइनमा
कात्तिक १४, २०८१ बुधबार
पाल्न छोडे किसानले हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी
कात्तिक १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक १४, २०८१ बुधबार
ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता
कात्तिक १४, २०८१ बुधबार