जीपी कोइराला फाउण्डेशन अमेरीकाले गर्यो शुभकामना आदान-प्रदान
यज्ञप्रसाद भट्टराई
कात्तिक ११, २०८१ आइतबार १३:३५:६
११ कात्तिक, काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका चाप्टरको आयोजनामा न्युयोर्क उडसाइडस्थित कार्यालय परिसरमा नेपाली चाडपर्व विजयादशमी, दिपावली, छठ, ल्होसार बलीहाङ् तङ्नाम्, सकेला, न्हुदँया भिन्तुनाको शुभ उपलक्ष्यमा शुभकामना आदान प्रदान एवं भेटघाट कार्यक्रम गरिएको छ ।
उक्त कार्यक्रममा समाजका विभिन्न तहतप्कामा रहेका समाजसेवी महानुभाव लगायतको उपस्थिति थियो । फाउण्डेशनका कार्यबाहक अध्यक्ष सुवर्ण लामाको सभापतित्वमा संचालित सो कार्यक्रमको संचालन फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले गरेका थिए । सो कार्यक्रममा न्युयोर्कका पुर्व महावाणिज्यदुत नारायणप्रसाद मैनाली, माइनोरिटी ईम्पाओरमेन्टका अध्यक्ष श्याम कार्की, तामांग समाज नर्थ अमेरीकाका अध्यक्ष मोहन वाईवा, तमांग समाज अमेरीकाका अध्यक्ष बुद्धिमान तामांग,एनआरएन न्युयोर्क च्याप्टरकी महासचिव गीता अधिकारी, दोलखा समाज अमेरिकाका अध्यक्ष भोजराज थोकरको उपस्थिति थियो ।
यस्तै गोर्खा समाज अमेरिकाका अध्यक्ष अंजन श्रेष्ठ, वरिष्ठ समाजसेवी रतन लामा, यसै फाउन्डेशनका सल्लाहकार आदित्य महर्जन, समाजसेवी प्रेम विक्रम खड्का, समाजसेवी किशोर रेग्मी तथा पत्रकार विष्णु सैंजु, राज लामा लगायतले शुभकामना मन्तव्य राख्दै फाउनडेशनको यो शुभकामना आदान–प्रदान एवं जलपान कार्यक्रमले प्रवासमा नेपाल र नेपालीपनको सौहार्दता तथा आपसी स्नेहभाव बढाएको र मनमा नेपाल बोकेर तनमा प्रवासमा रहेपनी यस्ता कार्यक्रमले आत्मीयता र भाइचारा बढाएको विषयमा सबैजसो बक्ताहरूले जोडदिए ।
कार्यवाहक सभापति सुवर्ण लामाले फाउण्डेशनले स्व. गिरिजावावुले भनेझैं सदा सहमति, सहकार्य र एकता लाई मुलमन्त्र मानी यही समाजको सहयोगकोलागी फाउण्डेशन लागीपरेको विषयमा जोड दिए । उपस्थित सबैलाई फाउण्डेशन अमेरीकाका केन्द्रीय सदस्य ध्रुव कुँवर क्षेत्रीले धन्यवाद मन्तव्य दिएका थिए । फाउन्डेशन अमेरीकाका केन्द्रीय सदस्य प्रेम अधिकारी र रेखा श्रेष्ठ एवं आजीवन सदस्य शेखर कार्की, पुर्ण तामागं, दावा शेर्पा लगायत स्वयंसेवकहरू कार्यक्रम व्यवस्थापन एवं अतिथि सत्कारमा लागेका थिए ।
टेष्ट अफ नेपाल न्युयोर्ककी संचालिका एवं फाउण्डेशन अमेरिकाकी केन्द्रीय सदस्य रेखा श्रेष्ठको सौजन्य एवं नेतृत्वमा स्वादिष्ट नेपाली खानाका परीकार तथा जलपान उपलब्ध गराईएको थियो भने वाग्लुगं सेवा समाजको सौजन्य सहयोगमा फर्निचर उपलब्ध गराइएको थियो । जीपी कोइराला फाउन्डेशन अमेरिका परिवारले पाउनालाई धन्यवाद दिएको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपबडा दशैंको उपलक्ष्यमा काठमाडौं ताराले राख्यो भब्य शुभकामना कार्यक्रम
असोज २३, २०८१ बुधबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
स्थगित भयो पत्रकार महासंघको निर्वाचन
असोज ४, २०८१ शुक्रबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
कात्तिक १४, २०८१ बुधबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
कात्तिक १५, २०८१ बिहिबार
नगरवासीलाई सहुलियत शुल्कमा फूल
कात्तिक १५, २०८१ बिहिबार
कन्जुस नगरी विजुली बाल्नु, पर्याप्त छः प्राधिकरण
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
प्राधिकरणले उद्योगीलाई दियो डेडिकेटेड र ट्रंक लाइनको ५६ किस्तामा बक्यौता बुझाउने सहुलियत
कात्तिक १५, २०८१ बिहिबार
प्रहरीले मनायो कुकुर तिहार कार्यक्रम [ फोटो फिचर ]
कात्तिक १५, २०८१ बिहिबार