प्रहरी, सरकारी वकिल र अदालतको बयानमुखी अनुसन्धानले फौजदारी न्याय प्रभावकारी भएनः राउत
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार १४:३२:१२
११ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बयानमुखी अनुसन्धानलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । बयानका भरमा मात्र गरिएको अनुसन्धानले फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन नसक्ने उनको भनाइ छ । अपराधको अनुसन्धान बयानमुखी भन्दा प्रमाणमुखी बनाउन उनले सुझाव दिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपायहरू’ विषयक एकदिने गोष्ठीमा प्रधानन्यायाधीश राउतले तथ्य र प्रमाणमुखी अनुसन्धान एवं अभियोजनबाट मात्रै फौजदारी न्याय प्रशासन प्रभावकारी हुने बताए । यसका लागि फौजदारी न्याय प्रणालीसँग सम्बन्धित पक्षहरू अनुसन्धान गर्ने संस्था (प्रहरी), अभियोजनकर्ता (सरकारी वकिल) र न्याय निरूपण गर्ने संस्था (अदालत)बीच निरन्तर संवाद र समन्वय पनि आवश्यक रहेको उनले बताए ।
उनले वस्तुनिष्ट प्रमाणका आधारमा अनुसन्धान, कानुन र तथ्यको संयोजनमा आधारित अभियोजन एवं गुणात्मक बहस र साक्षी÷प्रमाण र परीक्षणमा देखाइने व्यावसायिकताबाट फौजदारी न्याय प्रशासनलाई सबल, सक्षम, सुदृढ बनाउन जरुरी रहेको बताए । राउतले यसका साथै संलग्न निकायहरूबीचमा निरन्तर संवाद र समन्वय हुन आवश्यक रहेको बताए ।
उनले अनुसन्धानलाई बयानमुखीभन्दा सबुद प्रमाणमुखी बनाउन सके अपराधकर्म तथ्य र प्रमाणबाट स्थापित हुने र दोषीले सजाय पाउने अवस्थाबाट समाजमा दण्डहीनताको संस्कृति अन्त्य हुने बताए । अनुसन्धान र अभियोजनको निष्पक्षतामै समग्र फौजदारी न्याय प्रशासनको प्रभावकारितामा अभिवृद्धि हुने कुरामा उनले जोड दिए । फौजदारी न्याय प्रणालीलाई गतिशील र प्रभावकारी एवं विश्वसनीय बनाइ पीडितको पुनःस्थापना र अभियुक्तको स्वच्छ सुनुवाइ गरी विश्वास अभिवृद्धि गर्न न्यायपालिका, महान्यायाधिवक्ताको कार्यालय एवं नेपाल प्रहरीको भूमिका प्रभावकारी हुनुपर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविशेष अदालतमा पहिलो पटक ‘भर्चुअल’ सुनुवाइ
कात्तिक १२, २०८१ सोमबार
एमाले-गुरुङ जग्गादान प्रक्रिया अगाडि नबढाउन सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश जारी
कात्तिक १२, २०८१ सोमबार
बार अध्यक्षद्वारा लिखित जवाफ पेस : ‘अदालतको अवहेलना गर्ने मनसाय थिएन’
कात्तिक ११, २०८१ आइतबार
तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
कात्तिक १३, २०८१ मंगलबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो
कात्तिक १४, २०८१ बुधबार
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार
कात्तिक १४, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक १४, २०८१ बुधबार
व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार
कात्तिक १३, २०८१ मंगलबार
चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल
कात्तिक १३, २०८१ मंगलबार
सरकारले गठन गर्यो नयाँ भूमि आयोग, अध्यक्षमा हरिप्रसाद रिजाल
कात्तिक १३, २०८१ मंगलबार