दाङका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अपेक्षा
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार १४:५०:४५
११ कात्तिक, दाङ । जिल्लाको दङ्गीशरण गाउँपालिका–३ का ६२ वर्षीय शोभा जैसी शुक्रबार बिहान ७ बजे धान काट्दै थिए । उनले भने, “अहिले हार नजिकै भए पनि खेतमा धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै हुने गरेका छौँ ।”
उनले थपे, “यस वर्ष समयमै वर्षा भएपछि रोपाइँ पनि समयमै गर्न पाइएको थियो । धानखेती राम्रो भएको छ, उत्पादन बढ्नेमा ढुक्क छौँ । बाली भित्र्याउन नपाउँदै वर्षा भएमा ठूलो क्षति हुने डरले बिहानदेखि बेलुकासम्म धान काट्न व्यस्त छौँ ।”
शोभा मात्र होइन अहिले जिल्लाका अधिकांश क्षेत्रका किसान बिहानदेखि बेलुकासम्म आफ्नो खेतमा लगाएको धान काट्न व्यस्त देखिन्छन् । दशैंअगावै यहाँका केही स्थानमा किसानले धान काट्न सुरु गरे पनि अहिले सबै ठाउँमा किसानलाई धान काट्न चटारो परेको छ ।
बिहान ७ बजे नै खेतमा धान काट्न आउने गरेको र बेलुका ५ बजे मात्र घर फर्कने गरेको बताउँछिन् सोही गाउँकी सावित्रा भण्डारी । उनी भन्छिन्, “मौसम परिवर्तन भएपछि पाकेको धान बिग्रिन्छ, त्यसैले अहिले तिहारको तयारी नगरेर धान काट्न व्यस्त छौँ । विशेष गरेर दाङको देउखुरी क्षेत्रमा सिँचाइ सुविधा पुगेकाले त्यहाँ किसानले धान काटेर दाईंगरी रहेका छन् भने अन्य स्थानमा किसान धान काट्न व्यस्त छन् ।”
यसपाली धानखेतीका लागि आवश्यकपर्ने मलखादको समस्या नहुँदा र समयमै वर्षा पर्याप्त भएकाले उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र दाङका अर्थविज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताए ।
केन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा–४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस तीन सय १२, लगायत बर्णशङ्कर जातका धान लगाएका छन् । कम पानी हुने ठाउँमा सुक्खा १, सुक्खा २, सुक्खा ३ जातको धान लगाइएको छ ।
जिल्लाको ३९ हजार चारसय हेक्टरमा धानखेतीका लागि उपयुक्त भए पनि किसान केही जमिनमा बाह्रैमासे तरकारीखेती गर्ने गरेकाले जिल्लामा यस वर्ष ३७ हजार दुईसय २५ हेक्टर जमिनमा धान लगाइएको ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष दाङमा ३५ हजार तीनसय २८ हेक्टर जमिनमा धान लगाइएकामा एक लाख ४४ हजार दुई सय ६४ मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
आयोगद्वारा उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक
मंसिर ७, २०८१ शुक्रबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
रसुवाबाट दुई केजी सुनसहित एक जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार