९ अंकले घटेर २६१७ अंकमा झर्याे नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार १५:५०:२५
११ कात्तिक, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजार २६१७ अंकमा झरेको छ । आज नेप्से ९ अंकले घटेर २६१७.९५ विन्दुमा बन्द भएको हो । आइतबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । गत कारोबार दिन अर्थात् बिहीबार पाँच अर्ब ४१ करोडको कारोबार भएकोमा यसदिन चार अर्ब ७३ करोडको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६८ करोड रूपैयाँ कमी आएको हो । आज ३२० वटाको एक करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच भयो । आइतबार ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ वटाको घटेको छ । यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ । यस दिन चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
जीवन बीमा समूह १.१५, फाइनान्स १.११, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर ०.४७ र व्यापार ०.२० प्रतिशत बढे । यीबाहेकका सबै समूहगत सूचक घटेका छन् । बैंकिङ समूहको सूचक सबैभन्दा धेरै १.३० प्रतिशत घट्यो । पहिलो त्रैमासिक वित्तीय विवरण त्यति सन्तोषजनक नदेखिएपछि यो समूहले लगानीकर्तालाई उत्साह दिन सकेको छैन ।
त्यस्तै विकास बैंक ०.५१, लगानी ०.१७, उत्पादन ०.९१, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.४४ तथा अन्य समूह ०.३२ प्रतिशत घटे । यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर, माइखोला हाइड्रोपावर र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । कालिन्चोक दर्शनको ९.७७, मकर जितुमाया हाइड्रोको ७.३९, नेपाल फाइनान्सको ६.६८, जानाकी फाइनान्सको ५.९० प्रतिशत मूल्य बढ्यो ।
नेपाल एसबीआई बैंकको मूल्य ६.७९ प्रतिशत घट्यो । प्राइम कमर्सियल बैंकको ४.१७, रावा इनर्जीको ४.०३ तथा आईसीएफसी फाइनान्सको ३.८३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईसीएफसी फाइनान्स, नेपाल एसबीआई बैंक, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स र समृद्धि फाइनान्स क्रमशः अगाडि रहे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेयरबजार बुधबार र बिहीबार बन्द हुने
माघ १६, २०८१ बुधबार
मंगलबार बजार खुल्नासाथ नेप्सेमा करोडमाथि कारोबार
माघ १५, २०८१ मंगलबार
सूर्यविनायक धुलिखेल सडक यसरी बन्दै छन् छ लेनको
माघ १९, २०८१ शनिबार
'जीवन, माया र हेरचाह' नाराका साथ भृकुटीमण्डपमा परिवार र बेबी एक्स्पो २०२५
माघ १९, २०८१ शनिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत लगानी जुट्यो, कुमारी बैंकले अगुवाई गर्ने
माघ १९, २०८१ शनिबार