प्रधानमन्त्री ओलीलाई भारतले किन दिएन महत्व ?
केदार भट्टराई (काका)
कात्तिक ११, २०८१ आइतबार १७:३७:२
११ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएपछि भारतले ओलीलाई भारत भ्रमणमा बोलाउने अपेक्षा गरिएको थियो । तर, प्रधानमन्त्री ओलीले यतिबेला भारत छाडेर चीन भ्रमणको तयारी थालेका छन् । कात्तिक अन्तिम साता या मंसिर पहिलो साता बेइजिङ भ्रमण गर्ने उनको तयारी छ ।
ओली चीन भ्रमणमा जाने खबर बाहिरएपछि भारतले यसपटक पनि उनलाई महत्व नदिएको चर्चा हुन थालेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव डाकेर चीनसँगका सम्झौताको प्रगतिबारे फलोअप गर्न ओलीले निर्देशन दिइसकेका छन् । यसअघि भारत भ्रमण गरेकी परराष्ट्रमन्त्री आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेकी थिइन् । यसपछि ओलीको भारत भ्रमण सहज हुने अपेक्षा गरिएको थियो ।
नेपालमा कुनै पनि व्यक्ति प्रधानमन्त्री भए लगत्तै पहिलाे बधाई दिने र भारत भ्रमणको निम्तो दिने भारतीय परम्परा भएपनि यसपटक प्रधानमन्त्रीमा नियुक्त भएका केपी ओली प्रधानमन्त्री भएको यतिका दिन बितिसक्दा पनि भ्रमणको चाँजोपाँजो मिलेन । प्रधानमन्त्री भइसकेपछि भारत भ्रमण गर्नुलाई ठूलै प्रतिष्ठाको विषय बनाउने चलन नेपालको छ । भारतले पनि यसरी नै महत्व दिएर बोलाउने गरेको थियो । यसअघि पनि नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई भारतले भ्रमणको औपचारिक निम्तो आएको थिएन । ओलीलाई पनि यसअघि मुश्किलले निम्ता आएको थियो ।
नयाँदिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग शिष्टाचार भेटपछि परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल एक्समा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको र चाँडै भ्रमण र उच्चस्तरीय भेटघाट हुने बताएकी थिइन् । तर, त्यसले कुनै नतिजा निकाल्न नसकेपछि प्रधानमन्त्री ओली चीनतिर लागेका छन् । बेइजिङ भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले बीआरआईलगायत अन्य चिनियाँ सम्झौताको प्रगतिबारे चासो राखेका छन् ।
नेपालमा नयाँ प्रधानमन्त्री बनेसँगै पहिले दक्षिणी छिमेकी भारतको भ्रमण गर्ने सामान्य प्रचलनजस्तै बनिसके पनि चौथोपल्ट प्रधानमन्त्री भएका ओली राष्ट्रसंघ महासभामा भाग लिने क्रममा अमेरिका पुगेका थिए । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेट गरे पनि उनीहरूबीच सौहार्दता विकास हुन नसकेको देखिन्छ । यसै क्रममा ओलीले चीन भ्रमण गर्न लागेका हुन् । चीनसँगको आर्थिक विकास फ्रेमवर्क बीआरआई, ऊर्जा तथा व्यापार लगायत विषयमा छलफल हुन सक्ने बताइएको छ । भारत भ्रमणमा जाने तत्काल सम्भावना नभएकै कारण ओली चीनको भ्रमणतिर लागेको हुन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपहतियारमा सरकारको विभेद: प्रहरीलाई रोक्ने, सेनालाई बोक्ने !
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीको फितलो अनुसन्धानमा महान्यायाधिवक्ताको प्रश्नै प्रश्न
कात्तिक १३, २०८१ मंगलबार
तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
कात्तिक १३, २०८१ मंगलबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
नेपाल र बंगलादेशबीचको खेल हेर्न टिकट काट्नेहरु बिहानैदेखि लाइनमा
कात्तिक १४, २०८१ बुधबार
पाल्न छोडे किसानले हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी
कात्तिक १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक १४, २०८१ बुधबार
ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता
कात्तिक १४, २०८१ बुधबार
साफ महिला च्याम्पियनसिप: उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली
कात्तिक १४, २०८१ बुधबार
नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो
कात्तिक १४, २०८१ बुधबार