एयर एशियाले दियो दिनभरी तनावः ३० मिनेट पुग्ने तेल बोकेर ४५ मिनेट होल्ड, १७६ यात्रु थिए
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार २१:४२:५९
११ कात्तिक, काठमाडौं । अनुमति नलिई नेपाल आएको थाई एयर एशियाको जहाजले दिनभरी तनाव दिएर फर्किएको छ । जहाजका कप्तानले माफी मागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४ घण्टा नियन्त्रणमा लिएको जहाजलाई छाडेको हो । अहिले जहाज फर्किसकेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाई एयर एशियाको आइतबार नेपाल आएको एयरबस ए३२० जहाजका कप्तान माथावाज अफिरातनाथापोंगले माफी मागेपछि उक्त जहाजलाई ४ घण्टापछि साझ ६ः५७ बजे बैंककका लागि छाडिएको हो । नेपाली एजेन्ट कम्पनी युनिभर्सल टुर्स एण्ड ट्राभल्सले उडान अनुमति रहेको भनेका काठमाडौं आएका हौं भनेर कमाण्डर पाइलटले लिखित माफी मागेपछि जहाज छाडिएको हो ।
उक्त जहाज आइतबार दिउँसो ४५ मिनेट सिमराको १४ हजार फिटभन्दा माथि आकाशमाथि होल्डमा राखिएको थियो । उक्त जहाजका कप्तानले होल्डका लागि ३० मिनेटलाई मात्रै पुग्ने जहाजमा इन्धन रहेको जनाउँदै अनुरोध गरेपछि काठमाडौं विमानस्थलमा अवतरण अनुमति दिइएको थियो । त्यो जहाजमा बैंककबाट १ सय ७६ यात्रु आएका थिए भने काठमाडौंबाट फर्किने १ सय ६० जना थिए ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, आइतबारदेखि सुरु भएको विन्टर सेड्युअलका लागि यसले अनुमति पाएको थिएन । अर्थात् यसलाई अक्टोबर २ देखि २७ सम्म २५ दिनको मात्रै काठमाडौंको उडान अनुमति दिइएको थियो । नेपालले उडानमा हरेक अक्टोबर महिनाको अन्तिम आइतबारदेखि अर्को नयाँ अंग्रेजी वर्षको मार्च महिनाको अन्तिम आइतबारसम्म शीतकालीन (विन्टर सेड्यूअल लागू गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने
माघ १३, २०८१ आइतबार
सोनामल्होसार जस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप बलियो बनाउँछः राष्ट्रपति
माघ १७, २०८१ बिहिबार
आज देशभरको मौसम सफा रहने, हिमाली भागमा हल्का हिमपात हुने
माघ १७, २०८१ बिहिबार
अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी
माघ १६, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा सेवा गर्नेलाई सरकारले सहयोग गर्छ : मन्त्री पौडेल
माघ १६, २०८१ बुधबार
ट्रम्पको दबाबको बाबजुद ब्याजदर स्थिर रहनसक्ने
माघ १६, २०८१ बुधबार
एपिएफले जित्यो एन्फा महिला लिगको उपाधि
माघ १६, २०८१ बुधबार