विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
नेपालबहस संवाददाता
कात्तिक १२, २०८१ सोमबार ११:११:४९
१२ कात्तिक, नेपालगञ्ज । नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) नेपालगञ्जले स्थापनकालदेखि अहिलेसम्म दुई हजार दुई सय ६७ घटनाका छ हजार सात सय ८२ नमूना परीक्षण गरेको छ । सीमित जनशक्ति र प्रविधिको प्रयोग गरेर पनि ती नमूना परीक्षण भएको हो ।
उक्त परीक्षणमध्ये आर्थिक वर्ष २०७८/७९ मा पाँच सय दुई घटनाका एक हजार पाँच सय ५२ नमूना, आव ०७९/०८० मा सात सय ९९ घटनाका दुई हजार चार सय ४० नमूना, आव ०८०/०८१ मा सात सय ४७ घटनाका दुई हजार एक ८६ नमूना र आव ०८१/०८२ मा दुई सय १९ घटनाका छ सय चार नमूना परीक्षण भएको नेपाल प्रहरी प्रदेश कार्यालय, विधि विज्ञान एकाइ, नेपालगञ्जले जनाएको छ ।
वि.सं २०७८ मङ्सिरदेखि सो प्रयोगशालामा फौजदारी अपराधसँग सम्बन्धित शङ्कास्पद खाना, पेय पदार्थ, बान्ता, ¥याल, ‘स्टोम्याच वास’ आदीबाट विषादी परीक्षण र रगतबाट मादक पदार्थ तथा लागुपदार्थको परीक्षण हुने गरेको नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ, नेपालगञ्जका प्रमुख यमलाल बस्नेतले जानकारी दिए ।
उनले त्यसबाहेक भिसेरा नमूनाबाट विषादी तथा अन्य रासायनिक परीक्षण, जैविक नमुनाको परीक्षण समेत हुने उल्लेख गर्दै अन्य अप्राकृतिक मृत्युसँग सम्बन्धित सम्पूर्ण भौतिक सबुद परीक्षण हुने बताए । “पर्याप्त जनशक्ति र प्रविधि नहुँदा केही घटना फछ्र्योट हुन बाँकी छन्”, प्रहरी निरीक्षक बस्नेतले भने ।
उनले जटिल घटनामा अदालतमा द्विविधा रहँदा अदालतलाई बकपत्रमार्फत स्पष्ट गरिने उल्लेख गर्दै लुम्बिनीबाहेक कर्णाली र सुदूरपश्चिमका घटना पनि परीक्षण गर्नुपर्ने भएकाले कामको चाप बढेको तर जनशक्ति पर्याप्त नभएको बताए । प्रविधिमा सहज पहुँच र तालिम पर्याप्त भए काम गर्न सहज हुन्छ प्रमुख बस्नेतको भनाइ छ ।
प्रदेशअनुसार लुम्बिनीमा एक हजार एक सय १२ घटनाका तीन हजार ८८ नमूना, कर्णालीमा चार ८७ घटनाका एक हजार तीन सय ५० नमूना र सुदुरपश्चिममा छ सय ६८ घटनाका दुई हजार तीन सय ४४ सहित कूल छ हजार सात सय ८२ नमुनाको परीक्षण सम्पन्न भएको छ ।
भविष्यमा विधि विज्ञानका विभिन्न विधाका शाखा सञ्चालन गर्ने योजना रहेको र तत्काल लागूऔषधसँग सम्बन्धित नमुनाको परीक्षणसमेत सुरु गर्ने प्रयोगशालाले जनाएको छ । काठमाडौं बाहिर पश्चिम नेपालमा प्रहरीले यस प्रयोगशालामार्फत परीक्षण सुरु गरेपछि अपराध अनुसन्धान तथा फौजदारी न्याय प्रणालीमा सघाउ पुग्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
ट्राफिक प्रहरीद्वारा बागमतीमा ३ महिनामा २ करोड ७९ लाख राजस्व संकलन
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
कात्तिक १४, २०८१ बुधबार
साफ महिला च्याम्पियनसिप: नेपाल र बङ्गलादेशबीचको फाइनल खेल जारी
कात्तिक १४, २०८१ बुधबार
युक्रेनबारे चीन र रुसबीच छलफल, पश्चिमी देशद्वारा उत्तर कोरियाली सेनाको आलोचना
कात्तिक १४, २०८१ बुधबार
तीन महिनामा नेपालमा प्रेस स्वतन्त्रता हननका १९ घटना, धम्कीका सबैभन्दा बढी
कात्तिक १४, २०८१ बुधबार
यस्तो छ फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली प्लेइङ-११
कात्तिक १४, २०८१ बुधबार
कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक छ : प्रचण्ड
कात्तिक १४, २०८१ बुधबार