नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार १२:१२:५२
१२ कात्तिक, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालले विभिन्न पदमा ३० जनाको लागि दरखास्त आह्वान गरेको छ । नारायणी अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट 'मेसु परिवर्तन हुने बित्तिकै पुराना कर्मचारी हटाउने र नयाँका लागि दरखास्त आह्वान गर्ने प्रचलन नै भइसकेको छ ।
असोज ११ गते कार्यालयमा हाजिरी भएका नयाँ मेसु डा. चुमनलाल दासले एक महिनापछि कार्तिक ११ गते नयाँ कर्मचारीको माग गर्दै सूचना निकालेका हुन् । त्यसअघि कार्तिक ६ गते अस्पतालका विभागिय प्रमुख, शाखा प्रमुख, वार्ड इन्चार्ज लगायतलाई निर्देशन दिँदै केही कर्मचारीलाई काममा नखटाउन मेसु डा. दासले पत्र काटेका थिए ।
अस्पताल विकास समिती तथा नेपाल सरकारबाट स्वीकृत दरबन्दी बाहेकको पदको लागि तलब भत्ता शीर्षकमा बजेट नभएको कारण दरबन्दी बेगरको कर्मचारीलाई तलब भत्ता भुक्तानीदिन नसकिने भएकोले कामकाजमा लगाउन नसकिने उक्त पत्रमा उल्लेख छ ।
करारमा कार्यरत कर्मचारीहरुको पदमा स्थायी पदपूर्ती भएका र बिना कुनै निर्णय र पत्र नदिइएका कर्मचारीलाई काममा नखटाउन मेसु डा. दासले पत्र काटेका थिए ।
एकातिर कार्यरत कर्मचारीलाई तलब भत्ता भुक्तानी गर्न नसकिने बताउनु र अर्कोतर्फ ३० जना कर्मचारी माग गर्नुले डा। दासको नियतमाथि शंका उत्पन्न गरेको छ । उनले कमिसन लिएर कर्मचारी नियुक्त गर्ने र आफ्ना मान्छेलाई जागिर दिने उद्देश्यले यसअघिका कर्मचारीलाई हटाएर नयाँ भर्न गर्न लागेको उनको रबैयाले स्पष्ट हुन्छ ।
यो नारायणी अस्पतालको पहिलो विज्ञापन भने हैन, यो भन्दा अघि नै दुई÷दुई पटक अस्पतालले विज्ञापन निकालेको थियो । विज्ञापनमा दरखास्त दिएका आवेदकहरुको आवेदन शूल्क समेत फिर्ता नगरी दुवै पटक विज्ञापन रद्द गरिएको थियो । विगतको यो प्रबृतिले अहिले पनि फेरी रद्द हुने हो कि भन्ने आशंका पनि उब्जिएको छ ।
कार्तिक ११ गते नागरिक दैनिकमा प्रकाशित भएको सूचनाअनुसार विभिन्न पदमा ३० जना कर्मचारी माग गरिएको हो । सहायक चौथो अ।न।मी। दुई जना, हेल्थ असिस्टेन्ट एक जना, मर्मत सम्भार टेक्निसियन एक जना, नर्सिङ् अधिकृत दुई जना, स्टाफ नर्स नौ जना, मेडिकल रेकर्ड अधिकृत, फार्मेशी अधिकृत, क।इ।एन।टि।सर्जन, क।साइक्याट्रिस्ट, क।कार्डियोलोजिक्ष्ट, क।चेष्ट फिजिशियन, क.जनरल फिजिशियन, उपप्रमुख मे ल्या टे ,क।अब्स तथा गाइनेकोलेजिष्ट, क।ड्रमाटोलोजिष्ट, क.न्यूरोलोजिष्ट, क।पिडियाट्रिशियन एक÷एक जना र क.रेडियोलोजिष्ट दुई जना माग गरिएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपविराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
बिचौलियाको चपेटामा नारायणी अस्पताल, राजनीतिक र आर्थिक सम्बन्धको अनौठो सन्जाल
कात्तिक १३, २०८१ मंगलबार
७६ जिल्लामा डेंगी पुगेपछि सरकारले थाल्यो सरसफाइ
कात्तिक ९, २०८१ शुक्रबार
तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई भारतले किन दिएन महत्व ?
केदार भट्टराई (काका)
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
कात्तिक १३, २०८१ मंगलबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु
कात्तिक १४, २०८१ बुधबार
नेपाल र बंगलादेशबीचको खेल हेर्न टिकट काट्नेहरु बिहानैदेखि लाइनमा
कात्तिक १४, २०८१ बुधबार
पाल्न छोडे किसानले हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी
कात्तिक १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक १४, २०८१ बुधबार
ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता
कात्तिक १४, २०८१ बुधबार
साफ महिला च्याम्पियनसिप: उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली
कात्तिक १४, २०८१ बुधबार