तिहारका लागि मूल्य बढेर आए चाँदीका सिक्का
नेपालबहस संवाददाता
कात्तिक १२, २०८१ सोमबार १२:२०:५३
१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । राष्ट्र बैंक टक्सार महाशाखाले सिक्का बिक्री सुरु गरेका चाँदीको सिक्का १० ग्राम र २५ ग्रामका छन् । यो पटक चाँदीको सिक्का तथा मेडालिनको मूल्य भने बढेको छ ।
बजारमा सुनचाँदीको मूल्य बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो धातुबाट बनेका यस्ता सिक्काहरूको मूल्य बढाएको जनाएको छ । संशोधित दरमा ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म मूल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
बैंकको टक्सार महाशाखा यसअघि ४ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको २५ ग्रामको गाई मेडालियन, गुरु नानक २५००, सत्यमोहन जोशी २५००, धितोपत्र बोर्ड २५०० को मूल्य ५ हजार रुपैयाँ पुगेको छ ।
१० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालियन, जगलक्ष्मी, गाई मेडालियन सत्यमोहन जोशी १००० नामक मेडालियनको मूल्य १ हजार ८ सयबाट २ हजार रुपैयाँ पुगेको छ । १५ ग्रामको टक्सार यान्त्रिकीकरणको मूल्य ३ हजार ८ सय रुपैयाँबाट चार हजार १ सय पुगेको छ ।
३१.१०३ ग्रामको राज्यारोहण १ ओजेड ७ हजार ३ सय रुपैयाँबाट ७ हजार ९ सय ५० रुपैयाँ, २५ ग्रामको सार्क प्रुफ सिक्का ६ हजार ५ सयबाट ७ हजार रुपैयाँ, ३१.१ ग्रामको श्री ५ ज्ञानेन्द्र राज्यारोहणको ७ हजार २ सय बाट ७ हजार ८ सय ५० पुर्याइएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
तराई तथा काठमाडौं उपत्यकामा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार