बालोन डो अर अवार्डमा खेलाडीले पाएको अंक सूची लिक !
नेपालबहस संवाददाता
कात्तिक १२, २०८१ सोमबार १२:२६:५२
१२ कात्तिक, काठमाडौं । यस बर्षको बालोन डो अर अवार्ड आज राति घोषणा हुँदै छ । २०२३-२४ सिजनको उत्कृष्ट खेलाडीको प्रतिष्ठित अवार्ड आज दिन लागिएको हो ।
फ्रान्सको फुटबल फेडेरेसनले हरेक बर्ष दिने यो अवार्ड २००८ देखि पहिलो पटक लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो बाहेक तेस्रो खेलाडीले पाउदै छन् । यस अघि २०१८ मा लुका मोड्रीच र २०२२ मा करिम बेन्जमाले पाएका थिए ।
यस बर्ष भने मेसी र रोनाल्डो दुवै मनोनयनमा परेका थिएनन् । गत बर्ष यो अवार्ड मेसीले जितेका थिए । अब यस बर्ष भने यो अवार्ड ब्राजिलका भिनिसियस जुनियरले जित्ने बताइएको छ । अवार्ड अगाडी बेलुन डो अर अवार्डमा खेलाडीले पाएको अंकको सुची सामाजिक सञ्जालमा भाइरल भएको छ ।
जसमा रियल म्याड्रिडबाट खेल्ने भिनिसियस् ६३० अंकसहित शिर्ष स्थानमा रहेको उल्लेख छ ।त्यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने स्पेनिस खेलाडी रोड्री ५७६ अंकसहित दोस्रो स्थानमा रहेका छन् । रियल म्याड्रिडबाट खेल्ने इङल्याण्डका जुडे बेलिङघम ४२२ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।
यसको आधिकारिकता बारे स्पष्ट जानकारी नभएपनि भिनिसियसलाई यस बर्षको बेलुन डो अर अवार्डका लागि सबै भन्दा प्रबल दाबेदार मानिएको छ ।
उनले गत सिजनमा रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताउनेक्रममा १० खेलमा ६ गोल र ४ असिस्ट गरेका थिए । त्यस्तै ला लिगामा २६ खेलमा उनको २४ गोलमा योगदान थियो । रियल म्याड्रिडले गत सिजनको ला लिगा र च्याम्पियन्स लिग दुवै जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाफ महिला च्याम्पियनसिप फाइनलका सबै टिकट सकिए, प्रधानमन्त्री ओली पनि रंगशाला जाने
कात्तिक १४, २०८१ बुधबार
नेपालसँग साफमा पाँच फाइनल हारेको पीडा मेटाउने अवसर, महानगरले तीन ठाउँमा लाइभ देखाउने
कात्तिक १४, २०८१ बुधबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
दक्षिणपूर्वी स्पेनमा बाढीमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
कात्तिक १४, २०८१ बुधबार
साफ महिला फुटबल च्याम्पियनसिप फाइनल खेलका लागि सुरक्षा व्यवस्था कडाइ
कात्तिक १४, २०८१ बुधबार
निकुञ्जका विभिन्न क्षेत्रमा कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए
कात्तिक १४, २०८१ बुधबार
एडिबीद्वारा पाकिस्तानलाई जलवायु प्रकोप व्यवस्थापन गर्न ५० करोड डलर ऋण स्वीकृत
कात्तिक १४, २०८१ बुधबार
चीनको शेनझोउ मिसन सफल
कात्तिक १४, २०८१ बुधबार
पूजा आराधनासहित देशभर मनाइयो धनवन्तरी जयन्ती
कात्तिक १४, २०८१ बुधबार