‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा सुरु गर्दै तिलगङ्गा आँखा प्रतिष्ठान
नेपालबहस संवाददाता
कात्तिक १२, २०८१ सोमबार १३:५२:५९
१२ कात्तिक, काठमाडौं । तिलगङ्गा आँखा प्रतिष्ठानले ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ । आज आयोजित एक दिने विशेष एस्थेटिक अकुलोप्लाष्टि कार्यशालामा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रूइतले नेपालमा यसको सम्भावना राम्रो रहेको र छिट्टै नै विभिन्न सुविधासहित सेवा सुरू गरिने जानकारी गराए ।
यो सुविधा तिलगङ्गा प्रतिष्ठान तथा तिलगङ्गा सिटि आइ सेन्टर, चुच्चेपाटीमा निकट भविष्यमा सुरु हुने उनले बताए । डा. रूइतका अनुसार ‘एस्थेटिक अकुलोप्लाष्टि’ भन्नाले आँखारोग उपचारको यस्तो विषय हो जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ । शल्यक्रिया वा अन्य उपचार पद्धतिबाट अनुहारमा सौन्दर्य ल्याउन मद्दत गर्ने भएकाले यसप्रतिको चासो जनमानसमा बढ्दो छ ।
हाल तिलगङ्गामा डेडो आँखाको समस्या, आँखा डिल तथा अनुहारको मांशपेशी फरफराउने समस्या, अत्यधिक आँशु आउने समस्या, थाइराइडबाट हुने आँखाको लिडको समस्याको उपचार ‘बोटक्स इन्जेक्सन’बाट निवारण भइराखेको छ । यस कार्यशालापश्चात् थप सेवा जस्तै बोटक्सबाट अनुहार तथा घाँटीको चाउरीपनलगायत अन्य आँखा समस्याको उपचार गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।
कार्यशालामा एस्थेटिक अकुलोप्लाष्टिका तीन अन्तर्राष्ट्रिय विज्ञहरू फिलिपिन्सका डा इभेट सान्टियागो, मलेसियाका डा. एलिस गोह र सिङ्गापुरका डा. स्टेफेनीइ योङले कार्यशालामा कार्यपत्र प्रस्तुत गरे।
फिलिपिन्सकी डा. सान्टियागोले अनुभवीबाट मात्र यस्तो सेवा लिनुपर्ने बताए । उनले भने,“बोटक्स गर्दा भएको गल्तीले अनुहार नै बिग्रिएका पनि छन् । सकेसम्म बेलैमा छालाको ध्यान दिनु राम्रो हुन्छ ।” कार्यशालामा देशभरका विभिन्न स्थानबाट आँखा रोग विशेषज्ञ र आवासीय चिकित्सकको सहभागिता रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
पुष १८, २०८१ बिहिबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
पर्सामा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार