राज्य व्यवस्थामा सांसदले अख्तियार प्रमुखलाई सोधे, एमालेले १० रोपनी जग्गा लिनु भ्रष्टाचार हो कि हैन ?
नेपालबहस संवाददाता
कात्तिक १२, २०८१ सोमबार १४:४१:४१
१२ कात्तिक, काठमाडौं । नेकपा एमालेले लिएको जग्गा दानबारे राज्य व्यवस्था समितिको बैठकमा प्रश्न उठेको छ । सांसदहरूले नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गादान भ्रष्टाचार हो कि होइन भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई सोधेका छन् ।
सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले प्रधानमन्त्रीको पार्टीलाई विभिन्न फौजदारी मुद्दाका आरोपित व्यवसायीले दिएको जग्गादान भ्रष्टाचार हो कि होइन भनेर सोधे । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले अख्तियार प्रमुखलाई १० रोपनी जग्गा लिनु भ्रष्टाचार हो कि हैन भन्दै प्रश्न गरिन् । यही प्रश्न नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले पनि सोधेकी थिइन् ।
‘१० रोपनी १४ आना जग्गा सत्तारूढ दलले किन लिएको ? भ्रष्टाचार गर्दिन भन्नेले किन लिएको ? एम्नेष्टिले पनि यसलाई भ्रष्टाचार भनेको छ । म अख्तियार प्रमुखबाट उत्तर चाहन्छु त्यो भ्रष्टाचार भ्रष्टाचार हो कि हैन ?’ उनले प्रश्न गरिन् । राज्य व्यवस्था समितिमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमाथि छलफल भइरहेको छ । सो छलफलमा अख्तियारका प्रमुख आयुक्त राई पनि बोलाइएका छन् ।
‘आज अख्तियार टिम यहाँ छ । दानदातब्यको कुरा के हो ? भ्रष्टाचार हो कि होइन ? १० रोपनी जग्गा दान लिएकोलाई एमनेस्टीले भ्रष्टाचार भनेको छ’, उनले भनिन् । व्यवसायी गुरुङले दान गरेको कीर्तिपुर नगरपालिकास्थित जग्गामा पार्टी कार्यालय शिलान्याससमेत भइसकेको छ । प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यसँगै व्यवसायी गुरुङ दम्पतीले दशैंको अष्टमीको दिन भवन शिलान्यास गरेका थिए ।
सांसद राईले थप प्रश्न गरिन्, ‘सत्तारूढ दलले किन लिएको ? भ्रष्टाचार गर्दिन भन्नेले किन लिएको ?’ ‘प्रधानमन्त्री, मन्त्री, सांसदहरुले ड्यामका ड्याम गिफ्ट लिन थाले मुलुक के हुन्छ ?’, सांसद राईको प्रश्न छ । गिफ्ट लिनेलाई मात्रै होइन गिफ्ट दिनेलाई पनि भ्रष्टाचारमा कारबाही हुनुपर्ने उनको माग छ । यस्तै नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले छिटोभन्दा छिटो भ्रष्टाचार र अख्तियारसँग जोडिएका ऐन पास गरेर अघि बढ्नुको विकल्प नभएको बताए ।
छलफलमा सांसद पाण्डेले देशमा उठेका ठुला ठुला भ्रष्टाचार काण्डको छानबिन अख्तियार, सम्पत्ति शुद्धीकरण कसैले नगर्ने हो भने कसले गर्ने ? भन्ने गम्भीर प्रश्न उठेको भन्दै भ्रष्टाचार निवारणसम्बन्धी ऐन कानुन बनाउँदा त्यसबारे ध्यान दिनुपर्ने बताए । उनले अख्तियार भ्रष्टाचार सम्बन्धी कानुन बनाउँदा अख्तियारको समेत राय सुझावका आधारमा बनाउँदा राम्रो हुने धारणा राखे । ‘हामीले पास गरेको कुरा अख्तियारले कार्यान्वयन गर्न सकिँदैन भन्यो भने हामीले छलफल गरेको कुरा काम लाग्दैन’, पाण्डेले भने, ‘त्यसैले अख्तियार र भ्रष्टाचार दुवैलाई जोडेर छलफल गरियो भने उपलब्धिमूलक हुनसक्छ ।’
उनले घुस लिने र दिने दुवै दोषी हुन् भन्ने कुरा सुनिँदै आएको भन्दै केही समयअघि एक जना सांसदले नो अव्जेक्सन लेटर बनाउँदा पाँचहजार दिनुपरेको घटनालाई सामान्य रूपमा लिन नहुने बताए । ‘भ्रष्टाचार कन्ट्रोल भएन । यो नहुनुमा हामी सबै र राज्य संयन्त्र पनि फेलियर भएको हो ?’, पाण्डेको प्रश्न छ ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले नेपालमा भ्रष्टाचार विरोधी हुँ भनेर उफ्रनेहरू नै बढी भ्रष्टाचारी भएको आरोप लगाए । सांसद तामाङले भने– ‘नेपालमा भ्रष्टाचार विरोधी हुँ भनेर उफ्रनेहरू नै बढी भ्रष्टाचारी भए । यसलाई कसरी न्यूनीकरण गर्ने ? समाजको परिवर्तन सोच गर्ने बेला आएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार