गृहमन्त्रीलाई थानीको प्रश्न, हिजो उठाएका गिरिबन्धु, क्यान्टोनमेन्ट, यति र ओम्नीको छानबिन कहिले हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १२, २०८१ सोमबार १५:३३:१९
१२ कात्तिक, काठमाडौं । सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भ्रष्टाचारका विषयमा धेरै प्रश्न उठाए । बैठकमा उपस्थित भएका गृहमन्त्री रमेश लेखक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसँग एमालेले लिएको जग्गा दानदेखि अरु भ्रष्टाचारका काण्डको कहिले छानबिन हुन्छ भनेर सांसदहरुले सोधेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधित्व गर्दै समितिको बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकसामू सत्तारुढ दल कांग्रेसका सांसदले गिरिबन्धु जग्गामा भएको अनियमिताको अनुसन्धान कहाँ पुगेको छ ? भनेर गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरे । सांसद हृदयराम थानीले अघिल्लो सरकारको पालामा प्रतिपक्षले उठाउँदै आएको गिरिबन्धु जग्गालगायतमा भएका भ्रष्टाचारको छानबिन कहाँ पुग्यो भनेर गृहमन्त्री रमेश लेखकलाई सोधेका थिए ।
बैठकमा सांसद थानीले विगतमा सदनमा उठाएका भ्रष्टाचारका मुद्दाबारे अनुसन्धान भइरहेको छ कि छैन भनेर प्रश्न गरेका हुन् । ’भ्रष्टाचारका काण्ड उठेका छन् । गिरिबन्धु कहाँ पुगेको छ ? क्याटोन्मेट कहाँ पुगेको छ ? यति र ओम्नी कहाँ पुग्यो ? । यी प्रकरणमा सरकारले छानबिन गर्ने हो कि होइन ?।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका लागि प्रधानमन्त्री समितिमा आउने कुरा भएपनि अन्तिम समयमा गृहमन्त्रीलाई प्रतिनिधिका रूपमा पठाइएको थियो । विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसद थानीले भ्रष्टाचार निवारणका लागि सरकारले काम गर्नुपर्ने बताए । मुलुकमा अति हुन नदिनका लागि कदम चाल्नका लागि उनले सुझाव दिए । अति भएमा बिस्फोट हुन्छ भन्ने कुराको ख्याल राख्न सुझाउँदै थानीले भने, ’सरकारमा बसेर सबै ठीक छ भन्नेमा नठान्नुहोस् ।’
व्यवस्था बदलिएर पनि जनताको अवस्था बदल्न नसकेकाले जनता निराश रहेको कुरा सरकारले ख्याल राख्नुपर्ने थानीको भनाइ थियो । कांग्रेसकै सांसद सरिता प्रसाईंले भ्रष्टाचार नियन्त्रण नभएको बताइन् । कानुन सबैलाई लाग्नुपर्ने बताउँदै उनले कानुनभन्दा माथि कोही नभएको कुरा हुनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार