अनमोल स्टारर फिल्म ‘जेरी अन टप’को बगलामुखी मन्दिरमा शुभ मुहूर्त
नेपालबहस संवाददाता
कात्तिक १२, २०८१ सोमबार १६:४:२२
१२ कात्तिक, काठमाडौं । अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म ‘जेरी अन टप’को छायांकन सुरु गरिएको छ । सोमबार बिहान पाटनस्थित बगलामुखी मन्दिरमा फिल्मको शुभ मुहूर्त गरेसँगै फिल्मको छायांकन शुरु भएको हो ।
मुहुर्तमा फिल्मका मुख्य कलाकारहरु केदार घिमिरे 'माग्ने बुढा', विपना थापा, अनमोल केसी, आँचल शर्मा, जसिता गरुङ लगायतको उपस्थिति थियो ।
मुहूर्तसँगै फिल्मको छायांकनका लागि निर्माण टिम धुलिखेल तर्फ लागेको छ । धुलिखेलमा फिल्मको तीन दिनसम्म छायांकन हुने निर्माण पक्षले जानकारी दिएको छ । त्यसपछि काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन हुने बताइएको छ । फिल्मको छायांकन करिब ६० दिनमा सकिने भएको छ ।
सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा भुवन केसी, सुरक्षा पन्त, निर्मल शर्मा, संगीता मगर, सुष्मा निरौला लगायतको पनि अभिनय रहनेछ ।
यसमा भुवन र विपनाले अनमोलको बुबा-आमाको भूमिका निर्वाह गर्नेछन् । १८ वर्षपछि उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने फिल्म आगामी फागुन २ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी निर्माण पक्षको छ ।
फिल्मको कथा हेमराज बिसीको हो भने विश्व तिमिल्सेनाको पटकथा छ । उज्जवल जोशीको छायांकन रहने फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ को घोषणा
पुष १५, २०८१ सोमबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार
आजदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरू
पुष ९, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार