बम राखेको हल्ला चलेपछि दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजलाई सुरक्षा निकायले रोक्यो
नेपालबहस संवाददाता
कात्तिक १२, २०८१ सोमबार १६:२९:३०
१२ कात्तिक, काठमाडौं । त्रिभुवन विमानस्थलमा अवतरण भई दिल्ली फर्किन लागेको भारतीय वायुसेवा एयर इण्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना दिएपछि उक्त जहाज रोकिएको छ । काठमाडौंबाट दिल्ली फर्किने तयारीमा रहेको जहाजलाई यात्रु ओरालेर नेपालको सुरक्षा निकायले जाँच सुरु गरेको हाे ।
विमानस्थलस्थित कर्मचारी स्रोतका अनुसार आज दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि जहाजलाई नियन्त्रणमा लिएको छ । दिल्लीमा रहेको एयर इन्डियाको कार्यालयबाट काठमाडौं विमानस्थललाई बम रहेको खबर आएको हो । कुनै समूहले काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको खबर गरेपछि त्यो यता पनि फैलिएको हो ।
अहिले विमानस्थल सुरक्षा निकायले उक्त विमानलाई प्रोटोकल अनुसार जाँच गरिरहेको छ । एयर इन्डियाको नेपालस्थित कार्यालयले भने कुनै सूचना दिएको छैन । गत साता दिल्लीबाट काठमाडौं आएको भारतीय विमान भिस्तारामा पनि बम राखिएको हल्ला चलेको थियो । तर जाँचपछि बम भेटिएको थिएन । आज पनि उस्तै हुने आशंका गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार