भ्रष्टाचार नियन्त्रण गर्न सबैको साझा प्रयत्न आवश्यक छ : प्रमुख आयुक्त राई
नेपालबहस संवाददाता
कात्तिक १२, २०८१ सोमबार १९:५:९
१२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलका क्रममा सांसदले राखेको जिज्ञासाको जवाफमा उनले कानुन कार्यान्वयन गर्ने निकाय र पदाधिकारीले इमान्दार काम गरेमात्रै पनि मुलुकमा सुशासन कायम हुने बताए ।
“भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार मात्रै हो कि भन्ने जनमानसमा परिरहेको छ । त्यो होइन, भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न विभिन्न क्षेत्रगत ऐन जारी भएका छन् । त्यसको पालना भएमात्रै अख्तियारको आवश्यकता नै नपर्ने थ्यो”, उनले भने ।
अख्तियार विकासको बाधक भयो कि भनेर कहिलेकाहीँ प्रश्न उठ्ने गरेको सन्दर्भ सुनाउँदै उनले यससम्बन्धमा स्पष्ट हुन आयोगले सरकारलाई २२ वटा लिखित सुझाव दिएको बताए । “ती २२ बुँदामा कानुनको परिपालना गर्नुस्, प्रथाका रुपमा अघि नबढ्नुस् भनेको हो”, उनले स्पष्ट पारे, “आयोगले कानुनको परिपालना गरेर कार्यसम्पादन गर्नुस् मात्रै भनेको हो ।”
कानुनको उल्लङ्घन गर्ने विषय बानी परिसकेकाले अख्तियारको निर्देशनलाई नयाँ कानुनका रुपमा अथ्र्याएको सन्दर्भ सुनाउँदै प्रमुख आयुक्त राईले दाताले दिएको सहयोगको कार्यान्वयनमा पनि आन्तरिक कानुन आकर्षित हुनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवाइडबडी प्रकरणमा पूर्व सचिव ढुंगाना र कंसाकार दोषी ठहर, पूर्वमन्त्री शाहीलाई सफाई
मंसिर २०, २०८१ बिहिबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथोकी
मंसिर १७, २०८१ सोमबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने, औपचारिक भेटघाट नगर्ने
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
मंसिर २०, २०८१ बिहिबार
भुटानका राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने, औपचारिक भेटघाट नगर्ने
मंसिर २०, २०८१ बिहिबार
धुम्बाराहीबाट गृहमन्त्री लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गर्ने पक्राउ
मंसिर २०, २०८१ बिहिबार
मधेशको मिथिलाञ्चल क्षेत्र उत्सवमय
मंसिर २१, २०८१ शुक्रबार
लुम्बिनी विरुद्ध पोखराको पहिलो जित
मंसिर २१, २०८१ शुक्रबार
चिसो बढेसँगै बेँसी झर्न थाले भेडाबाख्रा
मंसिर २१, २०८१ शुक्रबार
दक्षिण कोरियाको सियोलमा शनिबार दुई लाख प्रदर्शनकारी सडकमा उत्रिने
मंसिर २१, २०८१ शुक्रबार
भरतपुर अस्पतालमा उपचारसँगै योग कक्षा सञ्चालनमा
मंसिर २१, २०८१ शुक्रबार
आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने
मंसिर २१, २०८१ शुक्रबार