लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त : पूर्वराष्ट्रपति यादव

नेपालबहस संवाददाता
कात्तिक १२, २०८१ सोमबार २१:५९:११

१२ कात्तिक, महेन्द्रनगर (धनुषा) । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले देशको लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त भएको बताएका छन् । जनकपुरधाममा राजर्षिजनक विश्वविद्यालयको सातौँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा यादवले तराई मधेसको शिक्षा राजनीतिक नेतृत्वको पहलकदमीमा स्थानीय दानविरहरुको दान र त्यागले स्थापित भए पनि पछिल्लो समय बचाउन नसकिएको बताए ।
उनले जनकपुरधामसहित धनुषाका विभिन्न तत्कालीन चर्चित विद्यालयको उदाहरण दिँदै सबै विद्यालय निर्माणको पहलकदमी राजनीतिक दलका नेताहरुले लिएको र समाज शिक्षित बनेको तर पछिल्लो समय राजनीतिकै कारण शिक्षा र स्वास्थ्य धराशायी बनेकामा दुःख व्यक्त गरे ।
पूर्वराष्ट्रपति यादवले प्राकृतिक स्रोत र कृषि उत्पादन ध्वस्त भएकाले यसमा काम गर्नुपर्ने बताए । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) अध्यक्ष महन्थ ठाकुरले जनकपुरधाममा राजर्षिजनक विश्वविद्यालय स्थापनामा राज्य संयन्त्रले आनाकानी गरेकामा उक्त संयन्त्रलाई चुनौति दिएपछि मात्र स्थापना भएको स्मरण गराए । उनले विश्वविद्यालय बचाउनु सबैको कर्तव्य रहेको बताए ।
पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधीले आफूहरुले विश्वविद्यालय स्थापनाका लागि जिल्लास्तरीय अभियान सञ्चालन गरेर अर्थ जुटाउनेसम्मको काम गरेको स्मरण गराए । उनले विसं २०७४ मा सङ्घीय सरकारले विश्वविद्यालयको रुपमा घोषणा गर्दा लोकतन्त्र स्थापनाको जस्तै खुसी महसुस भएको बताए । सो अवसरमा विश्वविद्यालय स्थापनामा अहम भूमिका खेलेका लोसपा अध्यक्ष ठाकुर, कांग्रेस नेता तथा पूर्वउपसभापति निधी, प्रदेशसभा सदस्य रामसरोज यादवलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, मधेस प्रदेश पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य भरतप्रसाद साह, मधेस प्रदेशका शिक्षा तथा सांस्कृतिकमन्त्री रानी शर्मा तिवारी, विश्वविद्यालयका उपकुलपति डा अमरप्रसाद यादव, रजिस्ट्रार सत्यनारायण साहसहितको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
बागमती गोल्डकप : संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा
फागुन ७, २०८१ बुधबार
१४ लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
व्यास नगरपालिकामा सांस्कृतिक महोत्सव सुरु