प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार ११:५०:३५
१३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा रिक्त दरबन्दी संख्या ८ पुगेपछि मात्रै बढुवा निकाल्ने तयारी भएको छ । हाल ५ दरबन्दी रिक्त रहेकामा १७ कात्तिकसम्म थप ३ दरबन्दी रिक्त भएपछि मात्रै बढुवा गर्न लागिएको हो । दुई दिन अघि गृहमन्त्री रमेश लेखकलाई आईजीपी बसन्त कुँवरले भेटेर बढुवाको तयारी भैरहेको जानकारी गराएका थिए । आईजीपीले असोज १७ सम्ममा डीआईजीको ८ पद खाली हुने जानकारी दिएर त्यसपछि मात्रै बढुवाको तयारी गर्ने जनाएका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा दरबन्दी भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत डीआईजी किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएपछि एउटा डीआईजी पद रिक्त भएको छ । त्यसअघि नै डीआईजी यज्ञविनोद पोखरेल १४ असोजमा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए । १६ भदौमा बागमती प्रदेशका डीआईजी बिष्णुकुमार केसी पनि ५६ वर्षे उमेरहदकै कारण अनिवार्य अवकाशमा गएका थिए । रामदत्त जोशी एआईजीमा बढुवा भएपछि डीआईजीको एउटा दरबन्दी खाली नै छ । २१ असारमा डीआईजीबाटै पोषराज पोखरेल अवकाशमा गएका थिए । उनको ठाउँमा पनि डीआईजीको दरबन्दी खाली रहेको छ । हिजो आइतबार अर्थात ११ कात्तिकमा प्रहरी शिक्षालय भरतपुरका निर्देशक डीआईजी राजेशनाथ बाँस्तोला पनि अवकाशमा गएका छन् ।
अहिले एआईजी बढुवा सिफारिस भएकी राणा १५ कात्तिकमा ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जानेछिन् । त्यसको २ दिनपछि १७ कात्तिकमा अर्का एआईजी रामदत्त जोशी पनि उमेरहदकै कारण अवकाशमा जाँदैछन् । राणालाई अवकाशको मुखमा एआईजी उपहार दिइएको थियो । यी २ एआईजीहरु अवकाशमा गएसँगै उनीहरुको ठाउँमा २ जना डीआईजी एआईजीमा बढुवा हुनेछन् । कात्तिक १७ पछि रिक्त हुने दुई एआईजीका लागि एक दर्जन डीआईजीहरु प्रतिस्पर्धामा छन् ।
हालै ६ वैशाख २०८० मा बढुवा भएका डीआईजीहरू पनि एआईजीको प्रतिस्पर्धामा छन् । ६ वैशाखमा बढुवा भएकाहरूबाट लुम्बिनी प्रदेश प्रहरी प्रमुख रहेका कुवेर कडायत, प्रबन्ध शाखामा रहेका केदार ढकाल, भरतबहादुर बोहरा, रवीन्द्र केसी, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्यलगायत एआईजी बढुवाको प्रतिस्पर्धामा छन् । तर ढकाल र बोहोरा पनि चाँडै नै अवकाशमा जानेछन् । उनीहरू मध्येबाट २ जना एआईजीमा बढुवा भएपछि १७ कात्तिकपछि नेपाल प्रहरीमा ८ डीआईजीको दरबन्दी रिक्त हुनेछ । १७ कात्तिकपछि रिक्त हुने ८ डीआईजीका लागि तीन ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुबीच प्रतिस्पर्धा हुने भएको छ ।
जसमा हालका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याचीहरु तीन जना डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । २०५१ चैत ५ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)मा भर्ना भएकाहरू ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । उनीहरू डीआईजीमा बढुवा भए पनि अहिलेकै व्यवस्था अनुसार आउँदो ५ चैतमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । यद्यपि यसै वर्षबाट ३० वर्षे सेवा हटाउने गरी नयाँ प्रहरी ऐन ल्याउने तयारी भइरहेको छ ।
यो बाहेक २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएको ब्याच र २०५४ मा नेपाल प्रहरीकै इन्स्पेक्टरमा भर्ना भएको ब्याचका अधिकृतहरू डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । २०५३ को टोलीबाट सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, ओमबहादुर राना डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । २०५४ को ब्याचबाट ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया डीआईजीको प्रतिस्पर्धामा छन् । आफू भन्दा दुई ब्याचका अधिकृतहरुलाई पछि पार्दै रवि लामिछाने गृहमन्त्री रहेका बेला २०५४ को ब्याचका दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी ४ जेठ २०८१ बढुवा भइसकेका छन् । उनीहरुले छलाङ मारेकोमा निकै विवाद भएको थियो ।
त्यसैगरी माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलिपसिंह देउवा, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराम सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जय शर्मा दास, शारदाप्रसाद चौधरी पनि डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहतियारमा सरकारको विभेद: प्रहरीलाई रोक्ने, सेनालाई बोक्ने !
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीको फितलो अनुसन्धानमा महान्यायाधिवक्ताको प्रश्नै प्रश्न
कात्तिक १३, २०८१ मंगलबार
तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
प्रधानमन्त्री ओलीलाई भारतले किन दिएन महत्व ?
केदार भट्टराई (काका)
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
कात्तिक १३, २०८१ मंगलबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार
कात्तिक १४, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक १४, २०८१ बुधबार
व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार
कात्तिक १३, २०८१ मंगलबार
चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल
कात्तिक १३, २०८१ मंगलबार
सरकारले गठन गर्यो नयाँ भूमि आयोग, अध्यक्षमा हरिप्रसाद रिजाल
कात्तिक १३, २०८१ मंगलबार
ढकाल जलवायुविज्ञ सल्लाहकार नियुक्त
कात्तिक १३, २०८१ मंगलबार