वेभ सिरिज 'मिर्जापुर' अब फिल्म बन्ने
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार १०:४३:४३
१३ कात्तिक, काठमाडौं । चर्चित भारतीय वेभ सिरिज मिर्जापुरको अब फिल्म बन्ने भएको छ । एक्सेल मुभिजले मिर्जापुरको फिल्म बनाउने घोषणा गर्दै टिजर सार्वजनिक गरेको छ । फिल्ममा तेस्रो भागबाट हटाइएका मुन्ना भैया उर्फ दिव्यन्दु शर्माको पनि पुनरागमन पक्का भएको छ ।
रिलिज भएको टिजर अनुसार मिर्जापुर फिल्ममा सिरिजको महत्वपूर्ण पात्र मुन्ना भैयाको पुनरागमन पनि देखिनेछ, जसको भूमिका दिव्यन्तले निभाएको थियो । शृङ्खलाको दोस्रो सिजनमा उनको चरित्रलाई मारिएको थियो र तेस्रो सिजनमा उनी नहुदा सिरिजलाई नै असर गरेको थियो । निर्माताले फ्यानहरुको उच्च मागसँगै मुन्ना भाईको विशेष भाग नै रिलिज गर्नु परेको थियो ।
पहिलो सिजनमा मारिएका कम्पाउण्डरको भूमिका निभाएका अभिषेक बनर्जी पनि फिल्ममा कमब्याक गर्ने भएका छन् ।
घोषणा अनुसार चलचित्र मिर्जापुर सन् २०२६ मा ठूलो पर्दामा रिलिज हुनेछ । एक्सेल मुभिको ब्यानरमा यसलाई रितेश सिधवानी र फरहान अख्तरले निर्माण गर्दैछन् । फिल्मलाई गुरमीत सिंहले निर्देशन गर्नेछन् ।
घोषणापछि मिर्जापुर फिल्म गुगलमा लगातार सर्च भइरहेको छ । सोमबार दिउँसो घोषणा भएदेखि नै मिर्जापुर गुगल र सामाजिक सञ्जाल साइटहरूमा ट्रेन्डिङ भइरहेको छ । मिर्जापुर विगत केही सातादेखि चर्चामा थिएन, तर फिल्मको घोषणासँगै दर्शकमा आफ्नो मनपर्ने पात्रलाई फेरि हेर्ने उत्सुकता बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसलमान खानको सिकिन्दरले तोड्यो शाहरुख खानको रेकर्ड
पुष १६, २०८१ मंगलबार
सन् २०२४: बलिउडमा घटेका चर्चित घटना के के हुन् ?
पुष १५, २०८१ सोमबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार