ढोरपाटनको ‘भ्यू प्वाइन्ट’ जलजला पर्यटकको रोजाइमा
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार ११:१२:३३
१३ कात्तिक, म्याग्दी । घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण ।
म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ ।
परिवारसहित गत हप्ता ढोरपाटन घुम्न गएका बेनीका मिलन खत्रीको टोली हिमशृङ्खला अवलोकनका लागि जलजलामा पुगेर फर्के । “शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदोरहेछ”, उनले भने, “समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गरायो ।”
समुद्री सतहबाट तीन हजार चार सय २० मिटर उचाइमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता हो ।
जलजलामा रहेको ‘गोठस्टे’का सञ्चालक फुलबहादुर विश्वकर्माले दैनिकजसो पर्यटकहरू आउने गरेका बताए । “ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटक हिमालको दृश्यावलोकनका लागि जलजला आउने गर्नुहुन्छ”, उनले भने, “दशैं–तिहारको बिदा र घुमघामको अनुकूल मौसम भएकाले पर्यटकलाई बसोबासको व्यवस्था मिलाउन धौधौ भएको छ ।”
गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ती, होटल र रेष्टुरेन्ट छैन । म्याग्दीको लुलाङका विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आएको छ । च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैँसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैँ बन्दोबस्तीको सामान लगेर जानुपर्छ । हिजोआज दैनिक २० देखि ५० जनासम्म पर्यटक आउने गरेका विकले बताए ।
ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । पैदलयात्रा गर्न पाँचदेखि छ घण्टा लाग्छ । बेनीबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना हँुदै खोरियासम्म गाडी र त्यहाँदेखि पाँच घण्टा उकालो यात्रा गरेपछि जलजला पुगिन्छ ।
जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । ढोरपाटन सिकार आरक्षका रेञ्जर सुवेदीले जलजला ढोरपाटन घुम्न आउनेहरूका लागि ‘भ्यू प्वाइन्ट’का रूपमा विकास भएको बताए । उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म पाँच हजार दुई सय चार जना पर्यटकले ढोरपाटन भ्रमण गरेका छन् ।
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जलजलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणका साथै प्रचारप्रसारमा जोड दिएको बताए । बागलुङतर्फबाट सडकले जोडिएको जलजलामा म्याग्दीतर्फबाट जिल्लाकै प्राथमिकताप्राप्त आयोजना सञ्चालन भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
कात्तिक १५, २०८१ बिहिबार
धार्मिक पर्यटकको नयाँ गन्तव्य सराङकोटको पञ्चमुखी गणेश मूर्ति
कात्तिक १४, २०८१ बुधबार
देवघाटधामको धार्मिक पर्यटन प्रवर्द्धनका लागि गण्डकी परिक्रमा महोत्सव
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
यस्तो छ फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली प्लेइङ-११
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
पुजा शर्माको फिल्म दान्भी युट्युबमा रिलिज
कात्तिक १५, २०८१ बिहिबार
तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ?
कात्तिक १५, २०८१ बिहिबार
विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री
कात्तिक १५, २०८१ बिहिबार
ऋषव पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै
कात्तिक १५, २०८१ बिहिबार
सट्टेबाजी बजारको फेभरेट देखिए ट्रम्प !
कात्तिक १५, २०८१ बिहिबार