आम्दानीको स्रोत बन्दै सिन्कामारी रोटी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार ११:३५:२८
१३ कात्तिक, घोराही । घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँमा बस्दै आएकी रानीलाक बुढा हिजोआज सिन्कामारी रोटी बेच्नमा व्यस्त छिन् । उनले विगत दुई वर्षदेखि तिहार लक्षित सिन्कामारी रोटी बिक्री गर्दै आएकी छिन्।
विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी हिजोआज घोराही बजारसँगै नजिकका गाउँमा समेत बिक्री हुने गरेको छ । उनी रोटी डोकोमा बोकेर बिक्री गर्दै हिँड्छिन् । “खाली समय बसेरै खेर फाल्नुभन्दा व्यवसाय पनि भएको छ, अनि समयको सदुपयोग पनि”, उनले भनिन्, “तिहारलाई लक्षित यो व्यवसायबाट हुने आम्दानीले सन्तुष्ट छु ।” गत वर्षको तिहारमा मात्र तीन दिदीबहिनी मिलेर रु दुई लाख बढीको रोटी बिक्री गरेको बुढाले बताइन् । यो वर्ष अझ धेरै आम्दानी गर्ने उनको लक्ष्य छ । केही दिनयता दैनिक रु सातदेखि आठ हजार सम्मको रोटी बिक्री गर्दै आएको छ ।
हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाका रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा सिन्कामारी रोटीको धेरै खपत हुनेगर्छ । यो रोटी चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर बनाउने गरिन्छ । बनाउन झन्झटिलो भए पनि सिन्कामारीको व्यापार राम्रो रहेको उनको अनुभव छ ।
कतिपय ग्राहक घरमै किन्न आउने भएकाले बजारको समस्या नभएको उनको भनाइ छ । उनले एक दर्जन रोटी रु दुई सय ५० का दरले बिक्री गर्दै आएकी छिन् । उनीसँगै जिल्लामा तिहार लक्षित सिन्कामारी रोटी बनाएर बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिकुञ्जका विभिन्न क्षेत्रमा कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए
कात्तिक १४, २०८१ बुधबार
सर्लाहीमा स्यालको आक्रमणबाट १३ जना घाइते, दुई जनाको अवस्था गम्भिर
कात्तिक १४, २०८१ बुधबार
रेडक्रस सोसाइटीद्वारा विपद् प्रभावितलाई लत्ताकपडा वितरण
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
कात्तिक १४, २०८१ बुधबार
युक्रेनबारे चीन र रुसबीच छलफल, पश्चिमी देशद्वारा उत्तर कोरियाली सेनाको आलोचना
कात्तिक १४, २०८१ बुधबार
तीन महिनामा नेपालमा प्रेस स्वतन्त्रता हननका १९ घटना, धम्कीका सबैभन्दा बढी
कात्तिक १४, २०८१ बुधबार
यस्तो छ फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली प्लेइङ-११
कात्तिक १४, २०८१ बुधबार
कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक छ : प्रचण्ड
कात्तिक १४, २०८१ बुधबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
कात्तिक १४, २०८१ बुधबार