गुणस्तरीय सुन अभावले यो वर्ष धनतेरसलाई राष्ट्र बैंकले दिन सकेन माग अनुसारको असर्फी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार १२:०:१
१३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सुनको असर्फी बिक्री खुला गरेको छ । असर्फी लिन बिहानैदेखि टक्सार महाशाखामा भीड लागेको छ । टक्सार महाशाखाका अनुसार २.५ ग्राम तौलको सिक्का बिक्री गरिरहेको हो । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ । राष्ट्र बैंकका अनुसार एक व्यक्तिले एउटामात्रै सुनको असर्फी पाउनेछ ।
राष्ट्र बैंकले चाँदीको सिक्का भने आइतबारदेखि नै बिक्री खुला गरेको थियो । टक्सार महाशाखाले १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्री बिक्री गरिरहेको छ । दशैंमा नयाँ नोटको साटो सुकिला वितरण गरेको राष्ट्र बैंकले यसपालीको धनतेरसमा पनि पर्याप्त संख्यामा सुनका सिक्का (असर्फी) बिक्री गरेन । असर्फी बनाउन आवश्यक उच्च गुणस्तरको सुन अभाव भएकाले ठूलो संख्यामा असर्फी बनाउन नसकिएको राष्ट्र बैंकले जनाएको छ ।
असर्फी कम भएकाले यस वर्षको धनतेरसलाई आज एक दिन मात्र असर्फी बिक्री गरिने सूचना यसअघि नै जारी गरिसकेको थियो । यद्यपि आफूसँग स्टकमा रहेको असर्फी बिक्रीका लागि एक दिनलाई मिति तोकिएको राष्ट्र बैंकले जनाएको छ । सुनको असर्फी २.५ ग्राम प्रतिव्यक्ति एक थानका दरले जो पहिले आउँछ, उसैले पाउने गरी मंगलबार एक दिन मात्र मौज्दात कायम रहे मध्याह्न ४ बजेसम्म बिक्री गरिनेछ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।
यसअनुसार ‘९९९.९९ टच’ भनेको सबैभन्दा उच्च गुणस्तरको (शुद्ध) सुन हो । नेपाल राष्ट्र बैंकको टक्सार विभागले सुनचाँदीका सिक्का पनि सर्वसाधारणलाई वितरण गर्दै आएको छ । एक वर्षमा राष्ट्र बैंकबाट बिक्री हुने सुन र चाँदीका सिक्कामध्ये ९० प्रतिशतभन्दा बढी तिहारका बेला बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।
गुणस्तरीय सुन नभएकाले यस वर्ष मागअनुसार असर्फी वितरण गर्न नसकिएको नेपाल राष्ट्र बैंक टक्सार विभागले जनाएको छ । सुनका सिक्का लिन नपाउने नागरिकलाई चाँदीको सिक्का खरिद गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ । सामान्यतया बजारमा २२ क्यारेट र २४ क्यारेट भनेर सुनको गुणस्तर वर्गीकरण गर्ने गरिन्छ । तर राष्ट्र बैंकले नम्बरका आधारमा सुनको गुणस्तर हेर्ने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
तराई तथा काठमाडौं उपत्यकामा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार