क्यानडाका निकोलस किर्टोन एनपीएलमा विराटनगरबाट खेल्ने
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार १२:१:४६
१३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगर किंग्सले क्यानडाका लराउण्डर निकोलस किर्टोनलाई भित्र्याएको छ ।
बारबाडोसका २६ बर्षिय अलराउन्डर किर्टोनलाई एनपीएलका लागि भित्र्याएको विराटनगरले जानकारी दिएको हो । किर्टोन वेस्ट इन्डिजको यू-१९ टिमबाट पनि खेलेका थिए ।
किर्टोनलाई विराटनगरले भित्र्याएका दोस्रो विदेशी खेलाडी हुन् । यसअघि विराटनगरले ओमानका कप्तान आकिब इलियासलाई अनुबन्ध गरेको थियो ।
विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने रहेका छन् ।आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।
अहिले सम्झौता भएका खेलाडी :
काठमाडौँ गुर्खाज
-नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
-नामिबियाका अलराउन्डर जेरार्ड इरासमस
लुम्बिनी लाइन्स
-इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
- अस्ट्रेलियाका अलराउण्डर बेन कटिंग
जनकपुर बोल्ट्स
-न्यूजील्याण्डका जिम्मी निशाम
-अमेरिकाका जोसुआ ट्रोम्प
पोखरा एभेन्जर्स
- वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
-नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
-अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस
सुदूरपश्चिम रोयल्स
-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
-पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब
बिराटनगर किंग्स
-ओमानका कप्तान आकिब इलियास
- क्यानडाका लराउण्डर निकोलस किर्टोन
कर्णाली याक्स
-पाकिस्तानका अल राउण्डर हुसैन टलात
चितवन राइनोज
- दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज
-इङल्याण्डका लुक बेनकेनस्टिन
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार