झोलुङ्गे पुल जीर्ण हुँदा आवतजावतमा समस्या
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार १२:४९:४७
१३ कात्तिक, सिमकोट । यहाँको सर्केगाड गाउँपालिकास्थित सर्केगाड बजारसँगै जोडिएको कर्णाली नदीमाथीको झोलुङ्गे पुल जीर्ण हुँदा आवतजावतमा समस्या भएको छ ।
विसं २०४० मा निर्माण भएको उक्त झोलुङ्गे पुल मर्मतका लागि कसैले चासो नदिँदा जोखिमपूर्ण अवस्थामा वारपार गर्नुपरेको साँया स्वास्थ्यचौकीका इन्चार्ज बबरजङ पालले बताए । झोलुङ्गे पुलको दाँया तर्फको जाली र लठ्ठा अडाउने पोल नभएका कारण आवतजावत जोखिमपूर्ण बनेको उनको भनाइ छ । पुलको बिच भागमा काठ राखिएको छ । काठ पनि कुहिन थालेको स्थानीयले बताएका छन् ।
यस पुलबाट हाल तीनवटा विद्यालयका विद्यार्थी, इलाका प्रशासनका कर्मचारी, प्रहरी चौकी, इलाका वन कार्यालयका कर्मचारी र सर्वसाधारण दैनिक आवतजावत गर्ने गर्छन् । झोलुङ्गे पुल मर्मत सम्भारमा समयमै ध्यान दिनुपर्ने र यसको विकल्पका रुपमा अर्को पुल निर्माण आवश्यक रहेको स्थानीयले बताएका छन् । यही पुल तरेर इलाका प्रशासन कार्यालयमा दक्षिणी भेगका चारवटा गाउँपालिकाका सेवाग्राही सेवा लिन आवतजावत गर्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार