बिचौलियाको चपेटामा नारायणी अस्पताल, राजनीतिक र आर्थिक सम्बन्धको अनौठो सन्जाल
आबिद हुसेन
कात्तिक १३, २०८१ मंगलबार १३:२१:२५
१३ कात्तिक, वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत नायब सुब्बा सुसिल प्रसाद यादव जहाँसुकै सरुवा भएपनि पुनः नारायणी अस्पतालमै फर्कने गरेका छन् । यादवको सरुवा विभिन्न कार्यालयमा भए पनि उनी ५ वर्षदेखि बारम्बार नारायणी अस्पतालमै फर्कने गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ३१ भदौ २०८१ मा बसेको बैठकले यादवलाई गृह मन्त्रालय मातहतको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो भने उनको ठाउँमा सर्लाही जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा कमलेस कुमार सहनीलाई नारायणी अस्पतालमा सरुवा गरिएको थियो । तर, कार्तिक २ मा स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार यादवलाई पुनः नारायणी अस्पतालमै पदस्थापना गरिएको छ ।
यसअघि उनी शहरी सघन भवन निर्माण शाखा पर्सामा पनि सरुवा भएका थिए, तर लगभग दुई महिना मात्र काम गरेर फेरि नारायणी अस्पतालमै फर्किए ।
यादवले संघीय मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय मातहतमा सरुवा गराउन स्वास्थ्य मन्त्री प्रदीप पौडेलका स्वकिय सचिव बिश्वबन्धु रेग्मिलाई १० लाख र पुनः स्वास्थ्य मन्त्रालयबाट नारायणी अस्पतालमै पदस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थप १० लाख रकम बुझाएका छन् ।
यसरी पाँचौ तहको नायब सुब्बाले लाखौं खर्च गरेर भए पनि नारायणी अस्पतालमा बस्न खोज्नु र सरुवा रोक्नु पक्कै पनि सामान्य कुरा हैन । आखिर नारायणी अस्पतालमा के त्यस्तो विशेषता छ जसले यादवलाई बारम्बार नारायणी अस्पतालमै बस्न प्रेरित गरेको छ ?
अस्पतालका कर्मचारीहरूले यादवको भूमिकाबारे पनि गम्भीर आशंका व्यक्त गरेका छन् । उनी अस्पतालको बिल व्यवस्थापन, टेन्डर प्रक्रिया, औषधी र उपकरण खरिद, तथा अन्य आर्थिक क्रियाकलापमा मात्र नभई अस्पतालमा अनावश्यक मर्मत सम्भार गराएर आर्थिक फाइदा लिने गतिविधिमा सक्रिय देखिएका छन् ।
सरुवा हुन नचाहने यादवले नेताहरूको घर–घरमा पुगेर समर्थन जुटाएको र त्यही सहयोगको बलमा नारायणी अस्पतालमै बस्न सफल भएका छन् । यति मात्रै नभएर उनले नेताका मान्छेहरुलाई अस्पतालमा जागिर सम्म दिने गरेको स्रोतले बताएको छ ।
यस्तै नेता तथा नेताले भनेका व्यक्तिलाई आर्थिक, इन्धन तथा अन्य सरसहयोग सम्म उनले गर्दै आएका छन् । यसरी एक जना नासुले नेतादेखि बिचौलिया र हाकिमदेखि ठेकेदारसम्मलाई रिझाउन लाखौ खर्च गर्नुले उनले अवैध रुपमा अकुत सम्पती आर्जन गरेको आशंका उब्जिन्छ । ठेकेदारका विश्वास पात्रका रुपमा पनि यादव परिचित छन् । जसले उनै ठेकेदारलाई अस्पतालका सबै किसिमका टेण्डरहरुको जिम्मा दिने गरेका छन् । प्रयोगशालादेखि लिएर औषधी खरिद तथा सबै किसिमका ठेक्कामा उनकै हस्तक्षेप हुने गरेको छ ।
यस घटनाले नारायणी अस्पताललाई राजनीति र आर्थिक चलखेलको केन्द्रको रूपमा पुनः प्रस्तुत गरिदिएको छ । यसरी अस्पतालमा यादवको निरन्तर रुचि र लाखौं खर्च गराएर भए पनि नारायणी अस्पतालमै फर्कनुको कारण खोज्न आवश्यक देखिएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपविराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
कात्तिक १२, २०८१ सोमबार
७६ जिल्लामा डेंगी पुगेपछि सरकारले थाल्यो सरसफाइ
कात्तिक ९, २०८१ शुक्रबार
तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
कात्तिक १३, २०८१ मंगलबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो
कात्तिक १४, २०८१ बुधबार
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार
कात्तिक १४, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक १४, २०८१ बुधबार
व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार
कात्तिक १३, २०८१ मंगलबार
चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल
कात्तिक १३, २०८१ मंगलबार
सरकारले गठन गर्यो नयाँ भूमि आयोग, अध्यक्षमा हरिप्रसाद रिजाल
कात्तिक १३, २०८१ मंगलबार