रेडक्रस सोसाइटीद्वारा विपद् प्रभावितलाई लत्ताकपडा वितरण
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार १४:३३:५०
१३ कात्तिक, धरान । यहाँको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित सुत्केरी, गर्भवती, शारीरिक अपाङ्गता भएका तथा एकल महिलालाई राहतस्वरूप सरसफाइका लागि आवश्यक सामग्री र लत्ताकपडा वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले सोमबारदेखि उक्त राहत सामग्री वितरण सुरु गरेको हो ।
साडी, बर्को, साबुन, ब्रस, लक्ताकपडा, चप्पललगायतका सामग्री वितरण गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए । उनका अनुसार वडा कार्यलयको सिफारिसका आधारमा स्वास्थ्य संस्था, महिला स्वयम् सेविकाहरुसँग समन्वय गरी उनीहरुलाई उक्त सामग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।
नगर प्रमुख कार्कीले भने, “राहत सामग्री वितरणले विपद् प्रभावित गरिब परिवारलाई तिहारमा केही सहयोग मिल्ने छ ।” सोमबार बराहक्षेत्र नगरपालिका–६ र ९ कोशीपारी श्रीलङ्का टप्पुबाट राहत वितरण सुरु गरिएको नेपाल रेडक्रस सोसाइटी बराहक्षेत्र नगर संयोजक रवीन घिमिरेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिकुञ्जका विभिन्न क्षेत्रमा कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए
कात्तिक १४, २०८१ बुधबार
सर्लाहीमा स्यालको आक्रमणबाट १३ जना घाइते, दुई जनाको अवस्था गम्भिर
कात्तिक १४, २०८१ बुधबार
आम्दानीको स्रोत बन्दै सिन्कामारी रोटी
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
कात्तिक १४, २०८१ बुधबार
साफ महिला च्याम्पियनसिप: नेपाल र बङ्गलादेशबीचको फाइनल खेल जारी
कात्तिक १४, २०८१ बुधबार
युक्रेनबारे चीन र रुसबीच छलफल, पश्चिमी देशद्वारा उत्तर कोरियाली सेनाको आलोचना
कात्तिक १४, २०८१ बुधबार
तीन महिनामा नेपालमा प्रेस स्वतन्त्रता हननका १९ घटना, धम्कीका सबैभन्दा बढी
कात्तिक १४, २०८१ बुधबार
यस्तो छ फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली प्लेइङ-११
कात्तिक १४, २०८१ बुधबार
कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक छ : प्रचण्ड
कात्तिक १४, २०८१ बुधबार