तिहारको लागि सयपत्री फूल टिप्दै नागार्जुन, कल्लाबारीका किसानहरू
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार १४:३९:२
१३ कात्तिक, काठमाडौं । तिहारको समयमा अत्यधिक माग हुने सयपत्री र गोदावरी फूल टिप्न काठमाडौं इचंगु, कल्लाबारीका किसानहरूलाई चटारो छ । काठमाडौं उपत्यकाको पुष्प केन्द्रको रुपमा पनि परिचित इचंगु ,क्षेत्र अहिले सयपत्री, गोदावरी फूलले ढकमक्क छन् । बिहानैदेखि किसानहरु आफ्नो बारीमा पुगेर फूल टिप्न मै व्यस्त हुने गरेका छन् ।
आजदेखि यमपञ्चक सुरु भएसंगै सयपत्री र गोदावरी फूलको माग पनि बढ्ने गरेको छ । यहाँ उत्पादन भएका फुलहरू काठमाडौं उपत्यकामै खपत हुने गरेका छन् । किसानहरूले फूल टिप्न सुरु गरेसंगै काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई
व्यवस्थित गर्न ४६ स्थानमा बिक्रीका लागि स्थान तोकिदिएको छ ।
मेयर बालेन्द्र साहले प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोकको घोषणा गर्दै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धनको व्यवस्था गर्न प्रबन्ध मिलाइएको फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।
गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्ने स्थान मिलाइएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो । गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुनेछ । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ ।
स्वदेशी फूल व्यापारी किसानहरूले महानगरले तोको स्थानमध्ये आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्नुहुनेछन्। यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुनेछ । तस्बिर : नेपाल फोटो लाइब्रेरी।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले बिक्री गर्यो धनतेरसका लागि सुनको असर्फी र चाँदीको सिक्का
कात्तिक १३, २०८१ मंगलबार
कोहार समुदायको माग : परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्यो
कात्तिक १२, २०८१ सोमबार
नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरु [ फोटो फिचर ]
कात्तिक १२, २०८१ सोमबार
तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
कात्तिक १३, २०८१ मंगलबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु
कात्तिक १४, २०८१ बुधबार
नेपाल र बंगलादेशबीचको खेल हेर्न टिकट काट्नेहरु बिहानैदेखि लाइनमा
कात्तिक १४, २०८१ बुधबार
पाल्न छोडे किसानले हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी
कात्तिक १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक १४, २०८१ बुधबार
ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता
कात्तिक १४, २०८१ बुधबार