सशस्त्र प्रहरी बलको मौजुदा कानुन परिवर्तन भएपछि संगठन चलायमान हुन्छः गृहमन्त्री
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार १७:१६:३९
१३ कात्तिक, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरीको नयाँ ऐनले सशस्त्र प्रहरीको सेवालाई विशिष्टीकृत गर्दै लैजाने बताएका छन् । उनले त्यो विधेयक आगामी संघीय संसद् अधिवेशनमा पेस गरिपछि पारित हुने जानकारी दिएका छन् । सशस्त्र प्रहरी बलको मौजुदा कानुनलाई परिवर्तन गरेर नयाँ कानुन निर्माणमा सरकार अगाडि बढेको भन्दै उनले यसले बललाई थप सक्षम, सबल र व्यवसायिक बनाउने विश्वास लिइएको बताएका छन् ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने उनले बताए । सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउन मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ ।
गृहमन्त्री लेखकले भने, ७७ वटै जिल्लामा परिचालित सशस्त्र प्रहरीलाई थप जनशक्ति व्यवस्थापनका साथै भौतिक पूर्वाधार, युग सुहाउँदो बन्दोबस्ती सामग्रीले सुसज्जित गर्दै लैजान गृहमन्त्रालय प्रयासरत छ । नीतिगत व्यवस्था र कार्यान्वयनको तहमा गर्नुपर्ने आवश्यक सम्पूर्ण सहयोग गर्न मन्त्रालयबाट तयार रहेको भन्दै उनले राज्यले सुम्पिएका जिम्मेवारीलाई विषम परिपस्थितिमा समेत सशस्त्र प्रहरीले व्यावसायिक दक्षता प्रदर्शन गर्दै आएको बताए ।
मौजुदा स्रोतसाधनको प्रयोग गरी नतिजा हासिल गर्नेतर्फ विगत र वर्तमान जस्तै क्रियाशील रहिरहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकले निर्देशन दिए । सुरक्षा निकायका हरेक सदस्यले संविधान र प्रचलित ऐन–नियमको परिधिभित्र रही मानवअधिकारको संरक्षण र परिपालनामा कर्तव्यनिष्ठ भई कार्य गरेमा लोकतान्त्रिक संस्कार र विधिको शासन स्थापित हुँदै जान्छ, उनले भने, विधिको शासन र कानुनी राज्यको मूल मर्मलाई आत्मसात् गर्दै कानुन पालना गर्ने÷गराउने निकायले चनाखो एवम् होसियार रहेर आफ्ना काम कारबाही सञ्चालन गर्नु÷गराउनु अहिलेको आवश्यकता हो ।
प्रशिक्षणलाई समयानुकूल आधुनिक र वैज्ञानिक बनाई राज्यलाई दक्ष अधिकृत निर्माणमा संगठनले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री लेखकले सशस्त्र प्रहरी एउटा निश्चित, स्पष्ट, वैज्ञानिक किसिमले सबैको हित हुने ढङ्गले अगाडि बढ्ने व्यवस्था गरिने बताए ।
गृहमन्त्री लेखकले नयाँ कानुनका सम्बन्धमा परामर्शको काम अन्तिम चरणमा रहेकाले आगामी संघीय संसद्को अधिवेशनमा पेस गरेर कानुन निर्माण गरिने जानकारी दिए । सशस्त्र प्रहरीले खेलकुदको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । सशस्त्र प्रहरीका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरेको हुँदा सरकारले खेलाडीका लागि विशेष पद सिर्जना गरी नियुक्त गर्न सक्नेगरी नीति बनाउन लागेका छौँ, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयौन दुर्व्यवहार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिए
कात्तिक १२, २०८१ सोमबार
तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
कात्तिक ११, २०८१ आइतबार
सीमासँग जोडिएका स्थानीय जनप्रतिनिधिहरुसँग सशस्त्र प्रहरीको अन्तरक्रिया कार्यक्रम
कात्तिक ११, २०८१ आइतबार
तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
कात्तिक १३, २०८१ मंगलबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार
कात्तिक १४, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक १४, २०८१ बुधबार
व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार
कात्तिक १३, २०८१ मंगलबार
चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल
कात्तिक १३, २०८१ मंगलबार
सरकारले गठन गर्यो नयाँ भूमि आयोग, अध्यक्षमा हरिप्रसाद रिजाल
कात्तिक १३, २०८१ मंगलबार
ढकाल जलवायुविज्ञ सल्लाहकार नियुक्त
कात्तिक १३, २०८१ मंगलबार