विपद् व्यवस्थापनका लागि नेपाल सरकारलाई विश्व बैंकले २० अर्ब ऋण दिने
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार १७:३८:४५
१३ काठमाडौं । विश्व बैंकले विपद् व्यवस्थापनका लागि लागि विश्व बैंकले २० अर्ब रुपैयाँ ऋण सहयोग दिने भएको छ । यस सम्बन्धमा नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थ सचिव रामप्रसाद घिमिरे र विश्व बैंकको तर्फबाट नेपालका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले हस्ताक्षर गरेका छन् ।
प्राकृतिक तथा जलवायुजन्य जोखिम सामनाका लागि रकम उपलब्ध गराउने कोषअन्तर्गत विश्व बैंकले नेपाललाई करिब २० अर्ब रूपैयाँ (१५ करोड अमेरिकी डलर) ऋण सहयोग दिने सम्बन्धमा सम्झौता भएको हो । यो सहयोगले नेपाललाई संकटको समयका लागि तयारीमा रहन, समाधान खोज्न र संकट आएमा तत्कालै उद्धार लगायतमा जुट्न सहयोग पुग्ने अर्थ मन्त्रालयले जनाएको छ ।
प्राकृतिक प्रभाव, अन्तर्राष्ट्रिय समुदायको गतिविधिको कारणले जनवायु परिवर्तनबाट निम्तिएको जोखिम, शिक्षा, स्वास्थ्य क्षेत्रमा आउने आपतकालीन अवस्थामा विश्व बैंकले सहुलियत प्रकारको उक्त ऋण दिने गर्छ । सोही क्रममा विश्व बैंकले नेपाललाई पनि उक्त ऋण दिन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार