उपप्रधान तथा सहरी विकासमन्त्री सिंहद्वारा पनौतीको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार २०:३९:३७
१३ कात्तिक, धुलिखेल । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्रको निरीक्षण गरेका छन् । बाढीपहिरो गएको एक महिना बितिसक्दा पनि अझै क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बेला मन्त्री सिंहले प्रभावित क्षेत्रको निरीक्षण गरी आवश्यक जानकारी लिएका हुन् ।
उनले वडा नं १२ को कार्यालयमा पुगेर नागरिकको अवस्था र भइरहेको सहयोगका बारेमा जानकारी लिएपश्चात् उपप्रधानमन्त्री सिंहले आवश्यक प्रक्रिया पूरा सहयोगका लागि जनप्रतिनिधिलाई आग्रह गरे । बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले जनप्रतिनिधिले विपद्मा उद्धार, राहत वितरण र व्यवस्थापनका लागि धेरै सहयोग गरेको बताए ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले यहाँको पहिलो आवश्यकता आवास भए पनि सोको व्यवस्थापनमा जोड दिनुपर्ने बताए । यसो गर्नसके वस्तुभाउ पालेर जीवनयापन गर्न र विस्तारै पुरानै लयमा फर्काउन सकिने उनको भनाइ थियो । “यहाँको क्षतिका बारेमा मन्त्रीज्यूलाई पनि जानकारी छ ।
तत्काल बसोबासको व्यवस्थापन गर्नुपर्नेछ, यो हाम्रो समथ्र्यले भ्याउँदैन । त्यसैले राज्यले सुरक्षित रूपमा बसोबासको व्यवस्थापन गर्न आवश्यक छ । सङ्घीय सरकारबाट नै यो समस्या समाधान हुन्छ । त्यसैले चाँडै आवश्यक काम गरी जनतालाई राहत मेरो आग्रह छ”, नगरप्रमुख भण्डारीले भने ।
त्यस क्रममा उनले मन्त्री सिंहलाई बस्ती विकास, खानेपानी र सिँचाइलाई सहयोग गर्न आग्रह गरेका छन् । पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसीले सडक, विद्युत्, खानेपानीलगायतका कामलाई व्यवस्थित गर्ने काम भइरहेको बताए ।
स्थानीय राजेन्द्र केसीले घर तथा खेतबारी बगाएपछि विचल्लीमा परेका नागरिकलाई सुरक्षित ठाउँमा आवासको व्यवस्थापन मिलाउन आग्रह गरे । “भएको घरबार बगायो, कमाइ खाने ठाउँ छैन न त छानो नै । विपद्पछि उद्धार र राहत सहयोगसँगै बाटोघाटो त बन्यो अब राज्यले अब एकीकृत आवासको व्यवस्थापन गर्न आवश्यक छ”, उनको आग्रह थियो ।
पनौती नगरपालिकाभित्रमा करिब छ सय घरमा आंशिक क्षति भएको छ भने नगरभित्रका मुख्य मुहान रहेका खानेपानी आयोजना, करिब ७० किलोमिटर मोटरबाटोमा समेत क्षति भएको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार